News Portal

नेपाली सेनाले विद्युतीय चुलो, गाडी पनि विद्युतीय नै प्रयोगमा ल्याउने

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं – उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनाको भान्सामा विद्युतीय चुलो मात्रै प्रयोग गर्ने विषयमा प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग छलफल गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको छ । मन्त्री भुसालले विद्युत् खपत प्रवर्द्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी थिईन् ।

नेपाली सेनाको भान्सामा प्रयोग भइरहेको ग्यास लगायत अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन् ‘नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौ, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’ 

त्यस्तै, नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई पनि विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन आग्रह गरिन् । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन् ‘विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जानबाट नियन्त्रण हुन्छ ।’

नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरिन् । सो अवसरमा प्रधान सेनापति शर्माले नेपाली सेनाको भान्सा विद्युतीकरण गर्न आगामी दिनमा लागू गर्दै लैजाने विश्वास दिलाए । उनले भने ‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौं, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजानेछौं ।’

नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट गर्न सुरु गरिसकेको जानकारी दिँदै उनले भने ‘मैले विद्युतीय गाडी नै चढ्छु, आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।’ नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्यत् विकासमा लगानी गर्न सक्ने शर्माल बताए । 

जलविद्युत् परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने उनले विश्वास दिलाए । छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि उपस्थिति थियो । यसअघि ऊर्जा मन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसाग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...