News Portal

  • रंगेली काली मंन्दिरमा निशान यात्रा अाउने

    हिमाली संचार संवाददाता
    ५७८ पटक

    रबिन्द्र बराल – रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा रहेको श्री काली मंन्दिरमा कार्तिक १ गते महानवमीका दिन बिगत बर्षदेखि बिराटनगरकाे काली मंन्दिरबाट रंगेली स्थित प्राचीन काली मंन्दिरमा पैदल निशान यात्रा अाउने भएको छ । बिराटनगर देखि २२ किलोमिटर टाढाबाट पैदल यात्रा गरेर निशान (ध्वजा) लिएर युवायुवती, महिला लगायत गरि २ हजार भक्तजनहरु अाउने समितिका राजेश बगडियाले बताए ।

    उनका अनुसार उक्त यात्रामा रंगेली बिराटनगरबाट निशान यात्रामा झाँक्री, बाजा र भजन टाेलीकाे साथमा पैदल अाउने र भक्तजनहरुलाई रंगेली बसपार्क, कर्सिया, दादरवैरीया, कदमाह, रामचाेक, कटहरी लगायतका स्थानका भक्तहरुले स्वागत गर्ने र निसान बाेकेर केही पनि नखाई अाउने गरेको र रंगेलीमा निसान चडाए पछि मात्रै प्रसाद दिने र बिगत बर्षमा भन्दा यस बर्ष भक्तजनहरुकाे उल्लेख्य सहभागीता रहने बिष्वास रहेको बगडियाले बताए ।

    राणा कालमा उक्त काली मंन्दिर सदरमुकाम सार्ने वेलामा राणाहरुले कालीकाे मुर्ति लग्नका लागि ४ वटा हात्तीको प्रगाेय गरेता पनि साे मुर्ति उखालेर लैजान न सकेपछि राणाहरुले बिराटनगरमा नयाँ कालीकाे मुर्ति स्थापना गरेकाे बुढापाकाहरु बताउँछन् ।

    मन्दिर बनाउने क्रममा कालीकाे मुर्तिलाई उक्त स्थानबाट अलिकति अलग गर्ने प्रयास गर्दा समेत साे स्थानमा सर्पहरु निस्कन थाले पछि पुनः साेहि स्थानमा मुर्ति राखिएको स्थानीय सुरेश मिश्रले बताए । अहिले पनि साे मन्दिरमा राणाहरुले दिएकाे गजुर, घन्टी, १ सय ८ अाेटा दियो मंन्दिर ब्यवस्थापन समितिले अहिलेसम्म सुरक्षीत राखेकाे मिश्रले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ७ गतेको राशिफल

    आज असोज ७, २०८२ (सेप्टेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई...

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...