News Portal

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड, पार्कबाट उखेलेर फ्याँकियो

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा अज्ञात समूहले तोडफोड गरेको छ। बिहीबार राति बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको प्रतिमा पनि तोडफोड गरिएको छ।

बिहान पार्कमा घुम्न निस्किएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी दिएका थिए। समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ।

आसन्न स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक पूर्वाग्रह राखेर तोडफोड गरिएको हुन सक्ने हेटौंडा-९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताए।

पार्कमा अन्य कुनै संरचना क्षति नगरी मदन-आश्रितको प्रतिमा मात्रै तोडफोड भएको छ। उक्त समूहले जीवराज आश्रितको प्रतिमा उखेलेर फालिएको छ। मदन भण्डारीको प्रतिमाको शिर भाँचेर ५० मिटरको दूरीमा फालिएको अवस्थामा भेटिएको छ।

गत असार १४ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...