News Portal

मकाउ नेवाः गुठी स्थापना, अध्यक्षमा राकेश श्रेष्ठ निर्विरोध चयन

हिमालीसंचार संवाददाता
१११५ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा रोजगारी तथा व्यावसायको हिसावले मकाउ शहर पुगेका नेपालीहरु पछिल्लो समय संगठीत हुदै आएको मकाउमा भर्खरै राकेश श्रेष्ठको नेतृत्वमा ‘मकाउ नेवाः गुठी’ गठन गरिएको छ।

मकाउमा समाजले नेवाः गुठी स्थापना गर्दै नेवा: समुदायलाई एकजुट बनाउन नेवा: कला, संस्कृति र सभ्यतालाई सम्बर्धन र प्रचार गर्ने उद्धेश्यले मकाउमा नेवा: गुठीको स्थापना गरिएको गुठीका कोषाध्यक्ष किरणमान श्रेष्ठले हिमालीसंचारडटकमसंग बताए । 

नेवाःगुठीका अध्यक्ष राकेश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष संदेश राजभण्डारी, उपाध्यक्ष वरुण श्रेष्ठ, महासचिव अनील श्रेष्ठ, सचिव रविन्द्र महर्जन, सहसचिव पशुपति श्रेष्ठ, कोषाध्यक्ष किरणमान श्रेष्ठ, सहकोषाध्यक्ष बद्री प्रसाद त्वायाना, सदस्यहरु शैलेन श्रेष्ठ, धर्मराज श्रेष्ठ, निर्मला श्रेष्ठ,  विजय बज्राचार्य, सुरज मानन्धर र राजन मान श्रेष्ठ रहेको मुल कार्यसमिति गठन गरिएको हो। 

मकाउमा लामो समयदेखि रोजगारी तथा व्यावसाय गरिरहेका नेवाः अग्रजहरु बिकेन जोशी, प्रकाशमान श्रेष्ठ, रुस्थुम श्रेष्ठ, रमेश श्रेष्ठ, प्रेम महर्जन, रोशनमान श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई संस्थाले सल्लाहकारको रुपमा राखिएको गुठीका कोषाध्यक्ष श्रेष्ठले बताए। त्यस्तै, नेवाः गुठी संस्थाका प्रवक्तामा भूषण बज्राचार्य र सहप्रवक्ता श्याम श्रेष्ठलाई चयन गरिएको समेत जानकारी दिए ।

‘आफ्नो संस्कृति, भाषा हाम्रो देशको गहना हो, यसको सम्बर्धन गर्नु हामी सबैको दाइत्व हो ।’ हाम्रो संस्कृति मार्फत हाम्रो देशलाई विदेशमा चिनाउने यस नेवा: गुठीको उद्धेश्य रहेको पनी गुठीका कोषाध्यक्ष श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...