News Portal

मकाउ नेवाः गुठी स्थापना, अध्यक्षमा राकेश श्रेष्ठ निर्विरोध चयन

हिमालीसंचार संवाददाता
११०० पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा रोजगारी तथा व्यावसायको हिसावले मकाउ शहर पुगेका नेपालीहरु पछिल्लो समय संगठीत हुदै आएको मकाउमा भर्खरै राकेश श्रेष्ठको नेतृत्वमा ‘मकाउ नेवाः गुठी’ गठन गरिएको छ।

मकाउमा समाजले नेवाः गुठी स्थापना गर्दै नेवा: समुदायलाई एकजुट बनाउन नेवा: कला, संस्कृति र सभ्यतालाई सम्बर्धन र प्रचार गर्ने उद्धेश्यले मकाउमा नेवा: गुठीको स्थापना गरिएको गुठीका कोषाध्यक्ष किरणमान श्रेष्ठले हिमालीसंचारडटकमसंग बताए । 

नेवाःगुठीका अध्यक्ष राकेश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष संदेश राजभण्डारी, उपाध्यक्ष वरुण श्रेष्ठ, महासचिव अनील श्रेष्ठ, सचिव रविन्द्र महर्जन, सहसचिव पशुपति श्रेष्ठ, कोषाध्यक्ष किरणमान श्रेष्ठ, सहकोषाध्यक्ष बद्री प्रसाद त्वायाना, सदस्यहरु शैलेन श्रेष्ठ, धर्मराज श्रेष्ठ, निर्मला श्रेष्ठ,  विजय बज्राचार्य, सुरज मानन्धर र राजन मान श्रेष्ठ रहेको मुल कार्यसमिति गठन गरिएको हो। 

मकाउमा लामो समयदेखि रोजगारी तथा व्यावसाय गरिरहेका नेवाः अग्रजहरु बिकेन जोशी, प्रकाशमान श्रेष्ठ, रुस्थुम श्रेष्ठ, रमेश श्रेष्ठ, प्रेम महर्जन, रोशनमान श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई संस्थाले सल्लाहकारको रुपमा राखिएको गुठीका कोषाध्यक्ष श्रेष्ठले बताए। त्यस्तै, नेवाः गुठी संस्थाका प्रवक्तामा भूषण बज्राचार्य र सहप्रवक्ता श्याम श्रेष्ठलाई चयन गरिएको समेत जानकारी दिए ।

‘आफ्नो संस्कृति, भाषा हाम्रो देशको गहना हो, यसको सम्बर्धन गर्नु हामी सबैको दाइत्व हो ।’ हाम्रो संस्कृति मार्फत हाम्रो देशलाई विदेशमा चिनाउने यस नेवा: गुठीको उद्धेश्य रहेको पनी गुठीका कोषाध्यक्ष श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...