News Portal

बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार ‘नालायक’ : सभापति देउवा

हिमाली संचार संवाददाता
८२० पटक

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।

उनले अघि भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’

कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाको आरोप छ । उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाए । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन । जंगल मास्ने संयन्त्रण भइरहेको छ’ उनले भने, ‘त्यो भन्दा त दिपायल नै ठीक थियो ।’

अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने उनले बताए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...