News Portal

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

हिमालीसंचार संवाददाता
४३१ पटक

काडमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार)देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो।

महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रिय तर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको बताउनुभयो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ। बिहिबारदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ।

तथापि, अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा, अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले बताउनुभयो।

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि कुवेतको जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ। आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। हालसम्म औपचारिक रुपमा जजीराले अनुमति लिएको छ। अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...