News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अक्सिजन प्लान्टमा विस्फोट हुदा एक जनाको मृत्यु, सात जनामध्ये एक जना गम्भीर घाइते

    हिमालीसंचार संवाददाता
    १३३ पटक

    काठमाडौं – ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज विहान विस्फोट हुँदा एकजनाको घना स्थलमा मृत्यु भएको छ भने सात जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशाली विस्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ। उद्योगको छाना केही बाँकी छैन’ उनले भने, ‘धेरै नै शक्तिशाली विस्फोट भएको देखिन्छ । घटनास्थलको अवस्था निकै भयावह छ ।’ टाढा–टाढाका घरहरुका सिसा समेत फुटेका छन् ।

    घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए । उद्योग संचालकका अनुसार विस्फोट हुने बेलामा १० जना श्रमिक कार्यरत थिए । दुई जना उद्योग संचालकका सम्पर्कमा आएका छन् । एक जनाको मजदुरको मृत्यु भइसकेको छ । सात जना घाइतेहरु अस्पतालमा छन् । अर्को गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    अक्सिजन भर्ने क्रममा आज बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले बताए । 

    उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए । ‘के कमजोरी भयो भन्ने कुरा थप अनुसन्धानबाट खुल्दै जाला, हामीले गम्भीर रुपमा अनुसन्धान गर्छौं,’ उनले भने ।

    घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित ललितपुर प्रहरी प्रमुख शाह, राष्ट्रिय अनुसन्धान विभाग र विपद व्यवस्थापनको टोली पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं, जेठ ५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट...

    सडकमै मकै कुहिन थालेपछि कृषक चिन्तित

    मोरङ, जेठ ५ – मोरङको पूर्वी भेगमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण मकै खेती...

    भरत ताल भ्रष्टाचार प्रकरण : वन क्षेत्र अतिक्रमण गरी ५७ करोडभन्दा बढीको अनियमितता, आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौं, जेठ ५ – सर्लाहीको बागमती नगरपालिकामा निर्माण गरिएको भरत तालको नाममा भएको व्यापक भ्रष्टाचार...

    आजको राशिफल

    आज जेठ ५, २०८२ (मे १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...