News Portal

  • तपाईंको राशिफल : आज वि.सं.२०७५ साल असोज २१ गते आइतबार

    हिमाली संचार संवाददाता
    ७५८ पटक

    इश्वी सन् २०१८ अक्टोबर ७ तारिख, नेपाल संवत् ११३८

    ज्योतिषलक्ष्मीप्रसाद बराल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने रोकिएको काम सम्पादन गर्न सकिनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने अवसर जुट्नेछ। साँझतिर आस लागेको काम बिग्रनाले सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा केही वादविवाद आउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि चिताएको काम सम्पादन गर्न केही समय प्रतीक्षा गर्नुपर्ला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    अवसरले पछ्याए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। योजनाअनुसार काममा अघि बढ्न नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सहयोगका नाउँमा झुक्याउनेहरूले दु:ख देलान्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। खर्च लागे पनि कर्जामार्फत धन जुट्नेछ। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने साझेदारीबाट मनग्गे लाभ मिल्नेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले समस्या निम्त्याउन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही श्रम गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ। नयाँ काममा शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। कामका लागि केही दौडधुप गर्नुपर्नेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...