News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल

    हिमालीसंचार संवाददाता
    १४४ पटक

    काठमाडौं – विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बौँको चलखेल भएको स्रोतको दाबी छ ।

    राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि लेखा समितिले त्यस सम्बन्धमा छानबिन थालेको हो । 

    लेखा समितिका अनुसार विभिन्न सूचनाका आधारमा न्यायाधिकरणले पुनरावलोकन मुद्दा दर्ता गर्दा धरौटी नलिई मुद्दा दर्ता गरिदिएपछि राज्यकोषमा दाखिला हुनुपर्ने ५ अर्ब देखि ८ अर्ब रुपैयाँ दाखिला हुन नसकेको हो ।

    लेखा समितिले बुधबार सर्वोच्च अदालतका रजिस्ट्रारलाई पत्र लेख्दै सबै न्यायाधिकरणमा दर्ता भएका मुद्दाको सम्पूर्ण विवरण लेखा समितिमा पठाउन आग्रह गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    सन्थाल समुदायका छोरीचेलीहरूलाई अव्वल बनाउन मन्टेश्वरी तालिम दिँदै

    मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी...

    आजको राशिफल

    आज वैशाख १८, २०८२ (मे १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

    मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी...

    आजको राशिफल

    आज वैशाख १७, २०८२ (अप्रिल ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...