News Portal

  • स्थानीय तह उम्मेदवार छनोटमै महिलालाई उपेक्षा

    हिमालीसंचार संवाददाता
    २०२ पटक

    काठमाडौं – स्थानीय तह चुनाव नजिकिँदै जाँदा उम्मेदवारमा महिलाभन्दा पुरुषको चर्चा बढी छ। महिलालाई पार्टीले उपेक्षा गरेको आरोप नेतृहरू लगाउँछन्। अन्य समय समानुपातिक समावेशीको नारा लगाउने दलहरूले चुनावमा भने अवसर नदिने गरेको बताउँछिन् लोसपा नेतृ विभा ठाकुर। भन्छिन्, ‘दलहरूबीच यदि गठबन्धन भएर चुनावी प्रतिस्पर्धामा आए भने प्रमुख र उपप्रमुख दुवै पुरुष नै हुन्छन्। महिलालाई त यसपालि स्थान पाउनै समेत गाह्रो छ।’

    महिलाले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने सोच दलहरूले पहिले नै बनाउने भएकाले यस्तो अवस्था आएको उनको तर्क छ। ‘एउटा अवस्था दलहरूको मानसिकतामा नै महिलालाई कमजोर हुन्छन् भन्ने हुन्छ। अर्को निर्वाचन निकै महँगो भइसकेको छ र महिला आर्थिक रूपमा सबल हुँदैनन् भन्ने कारण हो’, नेतृ ठाकुर भन्छिन्। 

    मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये एउटामा मात्रै महिला प्रमुख छिन्। रौतहटको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी यादव निर्वाचित भए पनि अन्यमा महिलालाई उपप्रमुखमै सीमित छन्। नगरपालिका मात्रै नभई वडास्तरमा पनि महिलालाई गत निर्वाचनमा वडाध्यक्षसम्मको पद पाउन धौ–धौ परेको थियो। प्रदेशका १ हजार २ सय ७१ वडामध्ये नौवटामा मात्रै महिला अध्यक्ष निर्वाचित भए। अहिले प्रदेशका १ सय ३३ पालिकामा उपप्रमुख बनेर काम गरिसकेका अधिकांश महिलालाई सोही पदमा पुनः टिकट पाउन सकस छ।

    कतिपयले पार्टीमा उपमेयरको काम जुनसुकै महिला नेताले पनि गर्न सक्ने तर्क दिँदै पुनः पहिलेकै उम्मेदवारलाई नदोहोर्‍याउने आन्तरिक निर्णय गरेपछि नेतृहरूले चुनावको मुखमा दल परिवर्तनसमेत गर्न थालेका छन्। स्थानीय सरकारको पहिलो कार्यकालमा अधिकांश महिला उपप्रमुखले आफ्नो सामान्य संवैधानिक अधिकारको प्रयोगसमेत गर्न पाएनन्। उनीहरूमध्ये अधिकांशको कार्यकाल प्रमुखसँग आफ्नो अधिकारका लागि संघर्षमै बित्यो। अन्नपूर्ण पोष्टले लेखेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...