News Portal

स्थानीय तह उम्मेदवार छनोटमै महिलालाई उपेक्षा

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं – स्थानीय तह चुनाव नजिकिँदै जाँदा उम्मेदवारमा महिलाभन्दा पुरुषको चर्चा बढी छ। महिलालाई पार्टीले उपेक्षा गरेको आरोप नेतृहरू लगाउँछन्। अन्य समय समानुपातिक समावेशीको नारा लगाउने दलहरूले चुनावमा भने अवसर नदिने गरेको बताउँछिन् लोसपा नेतृ विभा ठाकुर। भन्छिन्, ‘दलहरूबीच यदि गठबन्धन भएर चुनावी प्रतिस्पर्धामा आए भने प्रमुख र उपप्रमुख दुवै पुरुष नै हुन्छन्। महिलालाई त यसपालि स्थान पाउनै समेत गाह्रो छ।’

महिलाले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने सोच दलहरूले पहिले नै बनाउने भएकाले यस्तो अवस्था आएको उनको तर्क छ। ‘एउटा अवस्था दलहरूको मानसिकतामा नै महिलालाई कमजोर हुन्छन् भन्ने हुन्छ। अर्को निर्वाचन निकै महँगो भइसकेको छ र महिला आर्थिक रूपमा सबल हुँदैनन् भन्ने कारण हो’, नेतृ ठाकुर भन्छिन्। 

मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये एउटामा मात्रै महिला प्रमुख छिन्। रौतहटको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी यादव निर्वाचित भए पनि अन्यमा महिलालाई उपप्रमुखमै सीमित छन्। नगरपालिका मात्रै नभई वडास्तरमा पनि महिलालाई गत निर्वाचनमा वडाध्यक्षसम्मको पद पाउन धौ–धौ परेको थियो। प्रदेशका १ हजार २ सय ७१ वडामध्ये नौवटामा मात्रै महिला अध्यक्ष निर्वाचित भए। अहिले प्रदेशका १ सय ३३ पालिकामा उपप्रमुख बनेर काम गरिसकेका अधिकांश महिलालाई सोही पदमा पुनः टिकट पाउन सकस छ।

कतिपयले पार्टीमा उपमेयरको काम जुनसुकै महिला नेताले पनि गर्न सक्ने तर्क दिँदै पुनः पहिलेकै उम्मेदवारलाई नदोहोर्‍याउने आन्तरिक निर्णय गरेपछि नेतृहरूले चुनावको मुखमा दल परिवर्तनसमेत गर्न थालेका छन्। स्थानीय सरकारको पहिलो कार्यकालमा अधिकांश महिला उपप्रमुखले आफ्नो सामान्य संवैधानिक अधिकारको प्रयोगसमेत गर्न पाएनन्। उनीहरूमध्ये अधिकांशको कार्यकाल प्रमुखसँग आफ्नो अधिकारका लागि संघर्षमै बित्यो। अन्नपूर्ण पोष्टले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...