News Portal

सशस्त्र प्रहरी बलमा नयाँ आइजीपीमा अर्याल

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौं – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न बाटो खुलेको छ । अबको १३ दिनपछि अर्याल सशस्त्र प्रहरीको १२औं आईजीपी बन्नेछन् ।

नेपाल प्रहरीमा पनि १८ वैशाखबाटै हालका आईजीपी शैलेश थापा क्षत्री ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि नेपाल प्रहरीमा पनि नयाँ आईजीपीको इन्ट्री हुनेछ । नेपाल प्रहरीमा एकै ब्याचका चार एआईजीहरू आईजीपीको दौडमा छन् । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अन्य तीन जना एआईजीभन्दा डेढ वर्षअघि नै अर्थात् २०७७ मंसिरमा एआईजी बढुवामा परेका हुन् । 

अरू दाबेदारभन्दा पहिल्यै एआईजी भएकाले उनको सम्भावना बलियो छ । सरकारले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई केही समयअघि मात्रै एआईजीमा नयाँ दरबन्दी थप्दै बढुवा गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...