News Portal

एप्पलको आईफोन चीनको सांघाईमा उत्पादन बन्द

हिमालीसंचार संवाददाता
३९२ पटक

काठमाडौं – एप्पलको आईफोनको एक प्रमुख उत्पादक मध्ये चीनको सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार चीनको सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गरेको हो।

प्रतिबन्ध खुकुलो भएसँगै शहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र वित्तीय हबमा संक्रमण बढेपछि मार्चको अन्तमा शहरमा लकडाउन घोषणा गरिएको थियो ।

स्थानीय सरकारको कोभिड–१९ रोकथाम प्रावधानपछि पेगाट्रनले चीनको सांघाई र नजिकैको कुन्सानका कारखानाहरूको सञ्चालन रोकेको हो । कम्पनीले सक्दो चाँडो पुनः सञ्चालन गर्ने बताएको छ । जापानी अखबार निक्केईका अनुसार प्रमुख एप्पल म्याकबुक निर्माता क्वान्टा र आईप्याड निर्माता कम्पल इलेक्ट्रोनिक्सले पनि चिनियाँ शहरहरूमा आफ्ना काम रोकेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...