News Portal

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइट नसारेसम्म उच्च जोखिम

हिमालीसंचार संवाददाता
२३४ पटक

काठमाडौं – निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।

विमानस्थल सञ्चालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाइ छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरूले पोखराको यो विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो अवरोध विमानस्थलनजिकैको ल्यान्डफिल साइट रहेको बताएका छन् । पोखरा महानगरले फोहोर व्यवस्थापन गरिरहेको ल्यान्डफिल साइट कहाँ र कहिलेसम्म हटिसक्छ भन्ने अझै निश्चित छैन। 

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्यान्डफिल साइट करिब दुई किलोमिटर दुरीमा पर्छ। विमानस्थलनजिक फोहोर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरूले बताइरहेका छन् । त्यसले गर्दा ल्यान्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...