News Portal

  • काठमाडौंमा कति छ माओवादी केन्द्रको जनमत ?

    हिमालीसंचार संवाददाता
    २३० पटक

    काठमाडौं – काठमाडौं जिल्लामा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले तेस्रो स्थानमा रहेको छ । २०६४ सालको संविधानासभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा शून्य भयो । २०७४ मै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये माओवादीले एक सीट समेत जित्न सकेन। तर, स्थानीय तहका वडा कमिटीमा भने सानो संख्यामा जितेको थियो ।

    आसन्न निर्वाचनमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमध्ये शंकरापुर नगरपालिकामा एकल रुपमा जित्नेगरी लागिपरेको पार्टी केन्द्रीय सदस्य एवम् निवर्तमान जिल्ला अध्यक्ष हिमाल शर्माले बताए । ‘हामीले शंकरापुर नगरपालिकामा एकल रुपमा चुनाव जित्नेगरी संगठन राम्रो बनाएका छौं। ‘दक्षिणकाली, कीर्तिपुर, टोखा र तारकेश्वर नगरपालिकामा पनि चुनाव जित्नेगरी संगठन विस्तार भएको छ । अरु स्थानीय तहमा एकल रुपमा चुनाव जित्न सक्ने अवस्था छैन ।’ यदि गठबन्धन भएमा भने तालमेल भएका स्थानीय तह जितेर देखाइदिने शर्माको दाबी छ ।

    तर, राजनीतिक विश्लेषक राजेन्द्र महर्जन काठमाडौका लागि माओवादीले कामै गर्न नसक्दा जनताबाट समर्थन पाउन नसकेको टिप्पणी गर्छन् । ‘माओवादीले जनताका लागि काठमाडौंमा जति काम गर्नुपर्ने हो, त्यति गर्नै सकेको छैन । त्यसैले माओवादी काठमाडौंमा कमजोर छ । अझै पनि माओवादीले स्वतन्त्र उम्मेदवारभन्दा कम मत ल्याउने खतरा छ,’ महर्जनले भने, ‘जनयुद्धमा उठाएका मुद्दाबाट फाईदा लिन सकिन्छ, त्यसैबाट ब्याज पाईन्छ भन्ने मुडका पछि लागेका छन् । अरु स्थानीय मुद्दामा प्रवेश गरेकै छैनन् ।’

    काठमाडौंका स्थानीय मुद्दाहरु उठाएर, जति संघर्ष गरेर स्थापित गर्नुपर्ने हो, त्यसमा काम गर्न नसक्दा आमजनताले अपनत्व महशुस नगरेको महर्जनको विश्लेषण छ । ‘सबैभन्दा नराम्रो माओवादी नेतृत्वको सरकारले नेवारी परम्परामाथि हमला ग¥यो । काठमाडौंको जात्रामा राज्यले अनुदान दिने चलन थियो । त्यसलाई कटौती ग¥यो । अधिकांश मान्छे माओवादी हाम्रो संस्कृतिविरुद्ध छन् भन्ने स्थापित भयो,’ उनले भने ।

    त्यतिबेला माओवादी र सरकारविरुद्ध नारावाजी भएर संघर्षबाट सम्झौता भएर निर्णय फिर्ता भएको स्मरण गराउँदै महर्जनले भने, ‘स्थानीय मुद्दालाई पहिल्याउन नसक्दा माओवादी पछाडि प¥यो । स्थानीय मूल्यमान्यतालाई कसरी चलाउने हो भन्ने बुझ्न सकेनन् ।’

    काठमाडौंले माओवादीलाई अपनत्व नलिँदा लोडसेडिङ अन्त्य भएको क्रेडिट समेत नदिएको महर्जनले बताए । उल्टै राज्यको नियमित प्रक्रियाबाट लोडसेडिङ अन्त्य भएको भन्दै प्रतिवाद गरेको उनले बताए ।

    काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्यले जितेका थिए । एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले आसन्न निर्वाचनमा त्यहाँ आफ्नो दाबी हुने बताएको छ । पाँच दलीय गठबन्धनमा सहभागी एकीकृत समाजवादीले काठमाडौं नभए पोखरा महानगरपालिका पाउनुपर्ने माग छ । यस्तै माओवादी केन्द्रले भरतपुर महानगरसहित काठमाडौं वा ललितपुरमध्ये एक महानगर पाउनुपर्ने माग गरेको छ ।

    यसअघिको निर्वाचनमा काठमाडौं महानगरको मतदाता महिला २ लाख ८७ हजार १२३ र पुरुष २ लाख ७२ हजार २७३ गरेर कुल ५ लाख ५९ हजार ३९६ थिए । सो निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ७ हजार ९०६ र उपमेयरकी उम्मेदवार सुशीला कुमारी पौडेलले १० हजार ४४८ मतमात्रै ल्याएकी थिइन् । माओवादीले ल्याएको त्यो मत स्वतन्त्र उम्मेदवार किशोर थापा र रन्जु न्यौपानेको भन्दा निकै कम हो । अहिले फेरि नयाँ मतदाता थपिएका छन्, जो तुलनात्मक रुपमा माओवादीभन्दा काँग्रेस र एमालेका मतदाता बढी छन् ।

    काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर मेयरमा विजयी भएका थिए । शाक्यका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएर पराजित भएका थिए । मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।

    यो तथ्याङ्कका आधारमा काठमाडौं महानगरपालिकामा गठबन्धन गरेर माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी दिएको अवस्थामा पनि काँग्रेस र माओवादी केन्द्रको मत जोड्ने हो भने एमाले नै हावी हुने देखिन्छ । यद्यपि, एमाले विभाजन भइसकेका कारण अघिल्लो निर्वाचनको तुलनामा अहिले केही मत कम हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनमा काठमाडौं महानगरमा एमालेले राप्रपाको समेत साथ पाएको थियो । अहिले राप्रपाले कसलाई सघाउँछ भन्ने प्रस्ट भइसकेको छैन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...