News Portal

  • जाजरकोटमा एमालेलाई शून्यमा झार्ने गठबन्धनको लक्ष्य

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    काठमाडौं – पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा गर्न थालेका छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय तहको चुनावमा आपसमा तालमेल गरेर जाने निर्णय गरिसकेको छ भने एमालेले पनि उम्मेदवारको टुङ्गो लगाउने काम अगाडि बढाएको छ ।

    विशेषगरी प्रमुख राजनीतिक दलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको यस जिल्लामा ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बनेको थियो । जिल्लाका ७ वटा स्थानीय तहमध्ये ३ पालिकाको प्रमुख-उपप्रमुख र २९ वटा वडामा एमालेले जितेको थियो भने काँग्रेसले २ पालिकामा प्रमुख र ३ मा उपप्रमुखसहित २५ वडा तहमा जितेको थियो । माओवादीले भने २ पालिकामा प्रमुख र ३ मा उपप्रमुख सहित २३ वडा तहमा जितेको थियो ।

    एमाले विभाजित बनेका कारण आसन्न निर्वाचनमा त्यसको लाभ माओवादी र काँग्रेसले लिने अघिल्लो निर्वाचनको अंकगणितले देखाउँछ । किनकि अघिल्लो निर्वाचनमा एमालेले जितेका पालिकामा काँग्रेस र माओवादी केन्द्रको मतमात्र एक ठाउँमा राख्ने हो भने नेकपा एमालेको अवस्था नाजुक देखिन्छ ।

    माओवादी केन्द्र जाजरकोटका नेता ढकवीर रानाले अहिलेसम्म पाँच पटक गठबन्धनको जिल्लास्तरीय बैठक बसिसकेको बसिसकेको छ । उनका अनुसार गठबन्धन एकातिर र एमाले अर्कातिर भए एमाले शून्य हुने दाबी गरे ।

    यस्तै, एमाले नेतृ एवं कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीले एक्लाएक्लै लडे पाँच पालिकामा एमालेले जित्ने र सत्तारुढ गठबन्धनबीच तालमेल भएको खण्डमा एमालेले एक/दुई पालिकामा मात्र जित्नसक्ने आकलन गरिएको बताइन् । ०७४ को स्थानीय तह निर्वाचनमा कुन दलको अवस्था कस्तो ?

    नलगाड नगरपालिकाः यो नगरपालिकामा माओवादी केन्द्रका टेकबहादुर रावलले ३ हजार ४१८ मत ल्याएर मेयरमा निर्वाचित बनेका थिए । काँग्रेसका छवि पन्तले २ हजार ८९८ र एमालेका नवेन्द्र नेपालीले २ हजार ६७४ मत पाएका थिए ।

    उपप्रमुखमा पनि माओवादीकै बालकुमारी बस्नेतले ३ हजार २४१ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी धनमाया शाहीले २ हजार ९१२ र एमालेकी सुनिता बोहोराले २ हजार ६२३ मत ल्याएकी थिइन् ।

    भेरी नगरपालिकाः यस नगरमा प्रमुख-उपप्रमुखमै एमालेले वर्चश्व जमाएको छ । एमालेका चन्द्रप्रकाश घर्तीले ४ हजार २९२ मत पाएर निर्वाचित हुँदा काँग्रेसका सन्तकुमार कार्कीले ३ हजार ७८७ र माओवादीका ढकवीर रानाले ३ हजार ४११ मत पाएका थिए ।

    उपप्रमुखमा एमालेकी भावना भण्डारीले ४ हजार १६२ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी कृष्णा शर्माले ३ हजार ५०४ र काँग्रेसकी धनकुमारी चपाईले ३ हजार ४८३ मत प्राप्त गरेकी थिइन् ।

    छेडागाड नगरपालिकाः यो नगरपालिकामा एमालेका लालबहादुर महतारा ५ हजार १३६ मत ल्यायर मेयरमा निर्वाचित बनेका थिए । दोस्रोमा काँग्रेसका रत्नबहादुर खड्काले ४ हजार ३४७ र माओवादीका चन्द्रबहादुर थापाले २ हजार ६६८ मत प्राप्त गरेका थिए ।

    उपप्रमुखमा एमालेकै सरिता वलीले ५ हजार १४७ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी रेशमा खत्रीले चार हजार २६० र माओवादीकी धर्मशिला बस्नेतले २ हजार ७२२ मत ल्याएकी थिइन् ।

    कुशे गाउँपालिकाः यो गाउँपालिकामा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत दुई हजार ५०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

    अध्यक्ष पदमा एमालेका उम्मेदवार तप्तबहादुर हमालले दुई हजार ४४ र माओवादीका जनकराज गौतमले एक हजार ८१५ मत ल्याएका थिए ।

    उपाध्यक्षमा पनि काँग्रेसले नै जितेको थियो । काँग्रेसकी रामछायाकुमारी शाही दुई हजार ३७८ मत ल्याएर निर्वाचित हुँदा एमालेकी गंगा कुमारी रोकायाले एक हजार ९८८ मत ल्याएकी थिइन् भने माओवादीकी अम्बिका बस्नेत (सिंह)ले एक हजार ७३१ मत प्राप्त गरेकी थिइन् ।

    बारेकोट गाउँपालिकाः यो पालिकामा पनि काँग्रेसले नै जितेको थियो । काँग्रेसका महेन्द्रबहादुर शाहले दुई हजार १४८ मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए । प्रतिस्पर्धीका रुपमा एमालेका मिमबहादुर सिंहले दुई हजार १०७ मत ल्याएका थिए भने माओवादीका तिलकबहादुर रावतले दुई हजार १२९ मत प्राप्त गरेका थिए ।

    उपाध्यक्षमा भने माओवादीका ओम शाहीले दुई हजार २२४ मत ल्याएर निर्वाचित भएका थिए । एमालेकी गीता कुमारी सिंहले २ हजार १९७ र काँग्रेसकी कालु कुमारी ज्योतिले एक हजार ८३२ मत ल्याएकी थिइन् ।

    जुनीचाँदे गाउँपालिकाः यो गाउँपालिकामा माओवादीले वर्चश्व जमाएको थियो । यहाँ माओवादीका कृष्णबहादुर केसीले २ हजार ७७० मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा एमालेका वेदबहादुर शाहीले २ हजार २७४ र काँग्रेसका सर्वराज रावतले एक हजार ९०० मत पाएका थिए ।

    यस्तै उपाध्यक्षमा माओवादीका शिवा आचार्यले २ हजार ७७८ मत ल्याएर निर्वाचित भएकी थिइन् भने एमालेले २ हजार ७७८ र काँग्रेसले एक हजार ९३८ मत पाएको थियो ।

    शिवालय गाउँपालिकाः यहाँ एमालेका नरेन्द्रकुमार शाहीले २ हजार ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसका खडकबहादुर बुढाले एक हजार ८३३ र माओवादीका लालबहादुर थापाले एक हजार २५० मत पाएका थिए ।

    उपाध्यक्षमा एमालेका कुमारी थापाले २ हजार ६३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी गीता कुमारी सिंह शाहीले एक हजार ८१२ र माओवादीकी लक्ष्मी केसीले एक हजार १८७ मत प्राप्त गरेकी थिइन् । रातोपाटीले लेखेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...