News Portal

पाकिस्तानले शूरु गर्यो युद्धको तयारी : सबै अन्र्तराष्ट्रिय संस्थालाई देश छोड्न निर्देश

हिमाली संचार संवाददाता
११९७ पटक

एजेन्सी इस्लामावाद – नेपालमा जस्तैं पाकिस्तानमा पनि विभिन्न संघसंस्थाको नाममा हजारौं एनजिओ आइएनजिओहरु काम गरिरहेका छन । प्रधानमन्त्रीको रुपमा इमरान खान सत्तामा आएपछि पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ ।

पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो । पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सरकारका तर्फबाट एक्सन एडलाई पठाइएको पत्रमा छ महिनापछि रजिष्ट्रेसनका लागि पुनः आवेदन गर्न सक्ने उल्लेख छ ।

पाकिस्तानमा मानवअधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेपछि सरकारले अन्तर्राष्ट्रिय संघसंस्थालाई देश छोड्न आदेश दिएको हो । पाकिस्तानको गुप्तचर निकायले अन्तर्राष्ट्रिय संगठनलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको छ । यो भन्दा पहिले पश्चिमी मुलुकहरुको दबाबका कारण पाकिस्तानले यस्ता निर्णय फिर्ता लिने गरेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...