News Portal

पाकिस्तानले शूरु गर्यो युद्धको तयारी : सबै अन्र्तराष्ट्रिय संस्थालाई देश छोड्न निर्देश

हिमाली संचार संवाददाता
१२६१ पटक

एजेन्सी इस्लामावाद – नेपालमा जस्तैं पाकिस्तानमा पनि विभिन्न संघसंस्थाको नाममा हजारौं एनजिओ आइएनजिओहरु काम गरिरहेका छन । प्रधानमन्त्रीको रुपमा इमरान खान सत्तामा आएपछि पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ ।

पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो । पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सरकारका तर्फबाट एक्सन एडलाई पठाइएको पत्रमा छ महिनापछि रजिष्ट्रेसनका लागि पुनः आवेदन गर्न सक्ने उल्लेख छ ।

पाकिस्तानमा मानवअधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेपछि सरकारले अन्तर्राष्ट्रिय संघसंस्थालाई देश छोड्न आदेश दिएको हो । पाकिस्तानको गुप्तचर निकायले अन्तर्राष्ट्रिय संगठनलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको छ । यो भन्दा पहिले पश्चिमी मुलुकहरुको दबाबका कारण पाकिस्तानले यस्ता निर्णय फिर्ता लिने गरेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...