News Portal

तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् ।

बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। 

तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु’ भन्ने अदालतको अन्तरकालीन आदेश रहेकाले कानुनअनुसार आए मात्रै बाटो खुला गर्ने अडान राखेको थियो। कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन् । 

त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो । पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो। तर काठमाडौँ जिल्ला अदालतको अन्तरकालीन आदेशले ताला तीन घण्टामा नै खोलिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...