News Portal

आफ्नो अक्षमता छोप्न अर्थमन्त्रीले गभर्नर निलम्बन गरेः एमाले

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारलाई निर्णयको कडा आलोचना गरेको छ।

एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेका छन्।

‘आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई हाम्रो तिर भन्थे-“ढङ्ग मरु-कसो गरूँ?!” निरन्तर बिग्री रहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसंग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थ मन्त्रीजी, अर्थ’कै ‘बैधानिक’ सल्लाहकार- गभर्नरलाई  निलम्बन गरेर महान काम गर्नुभयो! क्यावात्,’ रिमालले ट्वीटरमार्फत व्यांग्यात्मक शैलीमा आलोचना गरेका छन्।

उनले अमेरिकाबाट ४० करोड भित्र्याउन दबाब दिनु र अहिले गभर्नरको निलम्बन हुनु संयोगमात्रै नभएको बताएका छन्। ‘हिजो अस्ति के कसो करोड-सरोड को चर्चा हुनु, आज “अटेर-गभर्नर”लाई निलम्बन गर्नु “स्याल कराउनु र बाख्रा हराउनु” जस्तै हो त?’ उनले प्रश्न गरेका छन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि गभर्नरको निलम्बनले देशलाई श्रीलंकाको बाटोमा लैजाने टिप्पणी समेत गरेका छन्।

‘तस्करीको लाइन खुलाएर अर्थतन्त्र ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको छ,’ उनले भनेका छन्, ‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन।’

उनले ‘अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न नसक्ने’ पनि उल्लेख गरेका छन्।

यसअघि राप्रपा अध्यक्ष कमल थापाले पनि निलम्बनको निर्णयलाई अदुरदर्शी, गैरजिम्मेवार र निन्दनीय भन्दै सच्याउन माग गरेका थिए। अन्तपूर्णमा समाचार छ। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...