News Portal

जहाजभित्र ‘अमर्यादित क्रियाकलाप’ गरेको भन्दै ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

हिमालीसंचार संवाददाता
२२८ पटक

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले ‘नोटिस’ गरिरहेको जनाएको छ । 

पत्रकार तथा सञ्चारमाध्यमले सूचना सङ्कलन, सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्न विषय स्मरण गराउँदै काउन्सिलले भनेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायु सेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलपूर्वक निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रसारण के–कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक/पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’ उज्यालोअनलाईनडटकमबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...