News Portal

यिनै हुन विवाह गर्ने प्रलोभनमा पारेर ४२ लाख ठग्ने लोकबहादुर श्रेष्ठ

हिमालीसंचार संवाददाता
५०९ पटक

काठमाडौँ। विभिन्न बहानामा महिलालाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नविन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन्।

श्रेष्ठले विवाह गर्ने प्रलोभन देखाइ पीडितलाई विश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आईएमई तथा सिटि एक्सप्रेस मार्फत पटक–पटक गरी करिब ४२ लाख ३४ हजार रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको बिशालनगरबाट पक्राउ गरेको छ।

श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको खबर नेपालसमाचारपत्रमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...