News Portal

अमेरिकामा हुने बार्सिलोना र जिरोनाको खेल अनिश्चित

हिमाली संचार संवाददाता
७१५ पटक

ला लिगाको एक खेल अमेरिकामा गराउने विषय अनिश्चित बनेको छ । जिरोनाको घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेल मियामीमा गराउने भनेर प्रचार प्रसार भइसक्दा पनि अझै निश्चित हुन नसकेको हो ।

खेल २६ जनवरीमा हुने खेल अमेरिकामा गर्ने ला लिगाको नयाँ सिजन सुरु हुँदा नै तय भएको थियो । ला लिगाले व्यापारिक उद्देश्यले हरेक सिजनमा एक खेल अमेरिकामा खेल्न १५ वर्षको सम्झौता गरेको थियो ।

जिरोना बार्सिलोना रहेकै क्याटालोनियामा रहेको क्षेत्र हो । जसले अमेरिकामा गएर खेल्दा फुटबल विकास र लालिगाकै समर्थनमा फाइदा पुग्ने बताएको छ ।

स्पेनिस फुटबल फेडेरेसन नै त्यसमा सकारात्मक देखिएको छैन । प्लेयर्स युनियनले पनि त्यसमा विरोध गरिरहेका छन् ।

स्पेनिस फुटबल फेडेरेसनसँग दुई हप्ताभित्र निर्णय गरिदिन आग्रह गरिएको छ । त्यसपछि पनि युएस सकर फेडेरेसन, युईएफ र कन्फिडिरेसन अफ नर्थ, सेन्ट्रल अमेरिकन र यारेबियन एशोसियसन फुटबलसहित फिफाले बार्सिलोना र जिरोनाको खेलका लागि स्वीकृति दिनुपर्ने हुन्छ ।

यो सबै सम्झौतामा काम गरिरहेको रिलिभेन्ट स्पोर्ट्सका अध्यक्ष चार्ली स्टिलिटानो सबै कुरा पक्का भएर पनि अनिश्चित जस्तो भएको बताउँछन् ।

‘जिरोना र बार्सिलोनालाई मनाउने मुख्य काम सकिएको छ । खेलाडीले पनि मानेका छन् । अब यसमा किन विरोध भएको छ बुझिएको छैन’ उनले भने ।

केही दिनअघि फिफा अध्यक्ष जियानी इन्फानिटोले पनि ला लिगाको घरेलु मैदानमा हुनुपर्ने खेल अमेरिकामा गर्न नहुने बताएका थिए । ‘घरेलु खेल विदेशमा गएर खेल्नु राम्रो होइन’ उनको भनाइ थियो ।

फिफा अध्यक्ष मात्रै होइन स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्स पनि अमेरिकामा ला लिगाको खेलका लागि राजी छैनन् ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...