News Portal

रून्छुहोला धरधरी एकदिन…डा. सुमाया राई

हिमालीसंचार संवाददाता
२७९ पटक

रून्छुहोला धरधरी एकदिन
साथी आज फुर्सद छैन
पोख्छु होला बह एकदिन
साथी आज फुर्सद छैन

मनले देख्छ जताततै
पुरा गर्न सकिएन
छिम्किन खोजेपनि
निखन्न चैं सकिएन
गर्छुहोला आराम एक दिन
साथी आज फुर्सद छैन

समयको गति भो तिव्र
कि मेरो हिडाई सुस्त
सकिन्छ कि सम्हालिन
आफ्नो अस्त व्यस्त
हाँस्छुहोला अवश्य एकदिन
साथी आज फुर्सद छैन

कालसमय घड़ी पलछिन
भन्छन हाम्रो बसमा छैन
हिंडी रन्छन आफ्नै गति
रोक्न सक्ने हिम्मत छैन
मर्छुहोला पक्कै एकदिन
साथी आज फुर्सद छैन

रून्छुहोला धरधरी एकदिन
साथी आज फुर्सद छैन
पोख्छु होला बह एकदिन
साथी आज फुर्सद छैन …

डा. सुमाया राई
हालः बेलायत
किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका पूर्व अध्यक्ष समेत हुन्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...