News Portal

रून्छुहोला धरधरी एकदिन…डा. सुमाया राई

हिमालीसंचार संवाददाता
३०२ पटक

रून्छुहोला धरधरी एकदिन
साथी आज फुर्सद छैन
पोख्छु होला बह एकदिन
साथी आज फुर्सद छैन

मनले देख्छ जताततै
पुरा गर्न सकिएन
छिम्किन खोजेपनि
निखन्न चैं सकिएन
गर्छुहोला आराम एक दिन
साथी आज फुर्सद छैन

समयको गति भो तिव्र
कि मेरो हिडाई सुस्त
सकिन्छ कि सम्हालिन
आफ्नो अस्त व्यस्त
हाँस्छुहोला अवश्य एकदिन
साथी आज फुर्सद छैन

कालसमय घड़ी पलछिन
भन्छन हाम्रो बसमा छैन
हिंडी रन्छन आफ्नै गति
रोक्न सक्ने हिम्मत छैन
मर्छुहोला पक्कै एकदिन
साथी आज फुर्सद छैन

रून्छुहोला धरधरी एकदिन
साथी आज फुर्सद छैन
पोख्छु होला बह एकदिन
साथी आज फुर्सद छैन …

डा. सुमाया राई
हालः बेलायत
किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका पूर्व अध्यक्ष समेत हुन्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...