News Portal

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्सको जहाज

हिमालीसंचार संवाददाता
४५२ पटक

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट जोगिएको छ। शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेकोबेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो।

आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टायर पन्चर भएको र विमानका चालक र सहचालकको सुझबुझका कारण दुर्घटना टरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटले उल्लेख गर्नुभएको छ।

जहाज धावनमार्गमा उड्नका लागि स्पिड लिइरहेको बेला टायरको प्रेसर आवश्यकता भन्दा धेरै भएर स्पिड कन्ट्रोल गर्ने क्रममा दुबै तर्फको चक्का पन्चर भएको उहाँले उल्लेख गर्नुभएको छ।

त्यसपछि सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जहाज मर्मत गरेर काठमाडौं ल्याउने तयारी भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...