News Portal

मोरङ जिल्लाको रंगेली नगरमा १४ औं राष्ट्रपति खेलकूद सम्पन्न

हिमालीसंचार संवाददाता
३२० पटक

रबिन्द्र बराल/मोरङ –  मोरङ जिल्लाको रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न गरिएको छ ।

नगर स्तरीय सो खेल चैत्र १६ गतेदेखि १८ गतेसम्म विभिन्न बिधामा खेलहरु भएको थियो। नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरेर १७  विद्यालयका बिधार्थीहरुको उक्त खेलमा सहभागीता रहेका थियो । 

खेलमा कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुले जनता क्याम्पसको खेल मैदानमा दौड, कवडी, भलिबल, सटफुट, हाईजम्प खेलहरु खेलाइएका थिए । फाईनल खेलमा सामुदायिक बिधालयका जनता माध्यमिक बिधालय आमतोला प्रथम, पब्लिक उच्च माध्यमिक बिधालय दोस्रो र प्रगतिशिल माध्यमिक बिधालय दौलतपुर तेस्रो भएको थियो । 

खेलमा बिजेताहरुलाई नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडाअध्यक्ष,  सदस्य स्थानीय बुद्धिजीवी लगायतले खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...