News Portal

  • दिनभर चरम यातना खेपेका बालकको उद्धार

    हिमालीसंचार संवाददाता
    ३६२ पटक

    रमेशचन्द्र अधिकारी
    धनकुटा। आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन)को बिहीबार राति उद्धार गरिएको छ।

    उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८ बजे उद्धार गरिएको हो। पैसा चोरीको आरोपमा उनकै हजुरबुबाले मादक पदार्थ सेवन गरी नातिलाई खाबोमा बाँधेर चरम यातना दिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

    जानकारीपछि हिले प्रहरी चौकीबाट टोली परिचालन गरिएको थियो। घटनास्थलमा प्रहरी हवल्दार गणेश थापा मगर सहितको टोली पुगेको थियो। हात खुट्टा बाँधेर यातना दिइरहेको अवस्थामा प्रहरीले बालकको उद्दार गरेको हवल्दार थापा मगरले जनाए।

    बालकलाई प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए। चोरीको आरोपमा बालकलाई हजुरबुवा र आफन्तले चरम यातना दिएका हुन्।

    प्रहरीले हजुरबुबालाई चेतावनी दिँदै बालकको उद्धार गरेको हो। हजुरबुबा र आफन्तले बिहीबार बिहानदेखि साँझसम्म खम्बामा बाँधेर यातना दिएका थिए। बालकको नातामा हजुरआमा पर्ने चित्रमायाका अनुसार बाँधेर सिस्नु पानी र दाउराले कुटपिट गर्दा मुखबाट समेत रगत बगेको थियो। छरछिमेकसमेत उद्धार गर्नुको सट्टा रमितेमात्र बनेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...