News Portal

प्रधानमन्त्री इमरान खानलाई पद त्यागको दबाब

हिमालीसंचार संवाददाता
३७३ पटक

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ।

उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ। अर्कोतर्फ, सत्ता गठबन्धनको घटक दलले पनि साथ छाडेको छ। खानलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको मुताहिदा कवामी मुभमेन्ट पाकिस्तान पार्टीले समर्थन फिर्ता लिएको छ।

सिन्ध प्रान्तमा पकड रहेको उक्त दलले पाकिस्तान तेहरिक इ इन्साफ दल नेतृत्वको गठबन्धन छाडेको घोषणा गरेको हो। ६९ वर्षीय खान पाकिस्तानी टोलीका पूर्वकप्तान हुन्। उनी सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए।

पाकिस्तानको ७५ वर्ष लामो इतिहासमा कुनैपनि प्रधानमन्त्रीले संसदको एक कार्यकाल पूरा अवधि सत्तामा टिकेको रेकर्ड छैन। अविश्वासको प्रस्तावको यसै हप्ता सामना गर्ने भनिएकोमा खानसँग आवश्यक १७२ नपुग्ने देखिएको छ।

गठबन्धनको मुख्य दलले साथ छाडेको र आफ्नै पार्टीभित्र पनि विद्रोह भएकाले खान सत्ताबाट हट्ने अवस्थामा पुगेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...