News Portal

मोरङ जिल्लाको रंगेलीमा १४ औं राष्ट्रियपति खेलकुद शुरु

हिमालीसंचार संवाददाता
३३२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल रंगेलीमा शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल शुरु भएको हो । नगर स्तरीय सो खेल चैत्र १६ गतेदेखि १८ गतेसम्म संचालन हुने छ ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र नीजि बिद्यालयलाई समावेश गरि १७  विद्यालयबाट बिधार्थीहरु उक्त खेलमा सहभागी भएका छन्। खेलमा कक्षा-९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति समेत रहेको छ । 

उद्घाटन खेलमा प्रमुख अतिथि नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल बिष्ट अतिथि  प्रशासकीय अधिकृत  नवराज कार्की,  अतिथिहरु शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडाअध्यक्ष, सदस्य स्थानीय बुद्धिजीवी लगायतले खेलको उद्घाटन गरेका थिए ।  

खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई सहित सिल्ड र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा दौड, कवडी, भलिबल, सटफुट, हाईजम्प खेल खेलाईने छ । खेल जनता क्याम्पसको खेल मैदानमा भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...