News Portal

नेपाली दूतावास कुवेतद्वारा रक्तदान कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
३४१ पटक

कुवेत–कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रम १२ बजेबाट भने पनि २ बजेबाट शुरु भएकाे थियाे।

स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे।कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात दुई देशबीच आपसी मित्रता र सहयोगका क्षेत्रमा भएको विकास, सुमधुर मैत्रीपूर्ण सम्बन्धलाई थप अभिवृद्धि गर्न दुवै पक्षबाट हुँदै आएका कामकारबाहीहरूबारे उल्लेख गर्दै यहाँ रहेका नेपालीहरूले जनस्तरसम्म आपसी सम्बन्ध विस्तार गर्न पुर्याएको सहयोगको सराहना गर्नुभयो।

उहाँले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष प्रवेशका अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्फूर्त रूपमा सहभागी भई मानवीय सेवाको यो पवित्र कार्यमा सहयोग पुर्याएकोमा कुवेतमा रहेका नेपाली समूदायलाई विशेष धन्यवाद दिनुभयो।

उहाँले रक्तदानका लागि आवश्यक वातावरण जुटाउनुका साथै कार्यक्रममा सक्रिय सहभागिता जनाएकोमा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू सेन्ट्रल ब्लड बैंकका निर्देशक, डाक्टर तथा नर्सहरू लगायत सम्बद्ध सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरू प्रति आभार प्रकट गर्नुभयो। रक्तदान कार्यक्रममा ११४ जना भन्दा माथिले रक्तदान गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...