News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रेल मार्ग सहित चीनसँग दर्जन समझदारीको तयारी- बीआरआईमा भने नेपालको अरुचि

    हिमालीसंचार संवाददाता
    १२४ पटक

    काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ । हिजो शुक्रबार काठमाडौं आएका वाङ र समकक्षी मन्त्री नारायण खड्काबीच आज शनिबार सिंहदरबारमा भेट वार्ता हुँदै छ ।

    चिनियाँ विदेशमन्त्री वाङलाई लिन परराष्ट्र सचिव भरतराज पौड्याल शुक्रबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । वाङ र परराष्ट्रमन्त्री खड्काबीच शनिबार हुने वार्तामा नयाँ विषयभन्दा पनि पुरानै विषय कार्यान्वयन प्राथमिकतामा पर्ने नेपाली अधिकारीले बताएका छन् । 

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० देखि १२ विषयमा सहकार्य गर्ने गरी टुंगो लागेको हो । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भने तत्काल अघि नबढ्ने भएको छ । बीआरआईमा अनुदानको अपेक्षा गरेको नेपालले ऋण लिने गरी परियोजनाहरू तत्काल अघि नबढाउने सन्देश पनि दिएको छ ।

    परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासले बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयलाई अन्तिम रूप दिए पनि नेपालतर्फको उच्च तहबाट ‘संकेत’ नआउँदा सम्झौता नहुने भएको हो । नेपालतर्फको राजनीतिक नेतृत्व ऋण लिन सकारात्मक नभएको परराष्ट्रका एक अधिकारीले बताए । तर, चीनले बर्सेनि दिने अनुदान २ अर्ब थप्ने गरी समझदारी हुँदै छ ।

    अहिले वर्षमा १३ अर्ब अनुदान आउने गरेकामा अब यो रकम १५ अर्बमा पुर्‍याउन चीन सकारात्मक भएको छ । राष्ट्रपति सी चिनपिङको भ्रमणको दौरान नेपाललाई दिने भनिएको ५६ अर्ब रकमको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुँदै छ ।

    केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन (टेक्निकल स्किम अफ ट्रान्स हिमालयन रेल्वे) सम्बन्धमा पनि सम्झौता गर्ने तयारी छ । नेपाल र चीनबीच हुन सक्ने सम्झौताको सूचीमा कोरला नाका सुसञ्चालन, हुम्लाको हिल्सामा सुक्खा बन्दरगाह निर्माण, रातमाटे–रसुवागढी–केरुङ ट्रान्समिसन लाइन निर्माण पनि छन् ।

    चीनको ऋण तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थलको संरचना पनि नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेका छन्। त्यस्तै, भक्तपुरको दुवाकोटमा वीर अस्पतालको नयाँ भवन बनाएर सेवाको स्तरोन्नति गर्न तथा चितवनको भरतपुर अस्पतालमा मेडिकल र प्राविधिक सहयोग गर्न पनि चीनको सहयोग ल्याउने तयारी छ । वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्ने सरकारी योजना अहिलेसम्म अघि बढ्न सकेको छैन । यसमा चीन सरकारले मद्दत गर्ने गरि गृहकार्य भएको हो । नेपालबाट ‘हेलेज’ प्रजातिको घाँस चीन निर्यात गर्ने विषयमा पनि समझादारी गर्ने दुवै पक्षको तयारी रहेको छ ।

    मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयलाई अघि बढाउने विषय पनि एजेन्डामा रहेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार यो आयोजना प्राथमिकतामा राखिएको छ । सन् २०१९ मा सीले नेपाल भ्रमण गर्दा नै उक्त विश्वविद्यालयलाई चीनले सहयोग गर्ने भनिएको थियो । 

    केपी ओली नेतृत्वको तत्कालीन सरकारले मकवानपुरको चित्लाङमा जग्गा तयारी गरेको थियो । तर चिनियाँहरूले आफ्नो सहयोगमा बन्ने विश्वविद्यालय काठमाडौंबाट धेरै टाढा भएको र त्यहाँ सहजै आउन र जान गाह्रो हुने गुनासो गरेपछि काभ्रेतिर सारिएको हो । विश्वविद्यालयका लागि काभ्रेमा जग्गा प्राप्ति गर्न ओली सरकारले नै १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पाँचखाल र नमोबुद्ध नगरपालिकाको केही वडामा १० हजार ३ सय रोपनी जग्गा तयार छ ।

    भूकम्प र महामारीसँग उत्तरी नाका बन्दप्रायः छन् । रसुवागढी–केरुङ, तातोपानी नाका खुकुलो बनाउने मात्र होइन, मुस्ताङको कोरला नाका पनि सञ्चालन गराउने विषयलाई नेपालले प्राथमिकतामा राखेको छ । यो विषयमा पनि समझदारी हुने अधिकारीहरूको भनाइ छ ।

    दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारत हुँदै शुक्रबार अपराह्न नेपाल आईपुगेका वाङले लगत्तै चिनियाँ राजदूतावासद्वारा आयोजित कार्यक्रममा भाग लिएका थिए। उनले दूतावासको अधिकारीहरूबाट ‘ब्रिफिङ’ लिएका थिए । उनी शनिबार बिहान शिवपुरीमा हाइकिङ जाँदै छन् । शनिबार दिउँसो मन्त्रीद्वय खड्का र वाङबीच सिंहदरबारमा द्विपक्षीय वार्ता र सहमति भएका विषयमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि वाङ प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् र पोखरा विमानस्थललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

    वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । लगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको छ । आजको कान्तिपुरले लेखेको छ।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...