News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हुन्डी कारोबार गरेको अभियोगमा अष्ट्रेलियामा एक नेपालीलाई ४६ महिने जेल सजाय

    हिमालीसंचार संवाददाता
    ३७३ पटक

    ब्रिजबेन – हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी एक नेपालीलाई ४६ महिना जेल सजाय हुने भएको छ।

    भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईपछि उनलाई ४६ महिनाको जेल सजाय सुनाइएको हो। उनले डेढ वर्ष हिरासतमा बिताइसकेका छन भने बाँकी सजाय काट्नका लागि प्रहरी हिरासतबाट जेल चलान गरिएको छ।

    फैसला सुनाउँदै काउन्टी कोर्टका जजले उनको अपराधले कैयौं परिवारहरु प्रभावित भएको भन्दै निजले पटक-पटक यो अपराध दोहोराएका कारण समाजमा थप खतरा हुनबाट रोक्न यस्तो फैसला सुनाइएको बताएका छन्।

    फैसलाको क्रममा सहभागी एक पीडितले ठगिएको रकम फिर्तीका लागि अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दावी गर्न भनिएको बताए। अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताए पनि न्यायाधीशले उक्त दाबीलाई खासै महत्व दिएनन्।

    अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा निज व्यक्तिलाई सजाय पूरा भएपछि डिपोर्ट गर्ने नियम छ। यसका लागि अध्यागमनलाईसमेत सूचित गरिने बताइएको छ।

    को–को छन त पीडितहरु ?

    उनको ठगीबाट पीडित बन्नेमा अधिकांश विद्यार्थीहरु छन्। कतिपयको ३० हजार डलरभन्दा बढी ठगी गरेको पाइएको थियो। करिब दुई वर्ष अघि भिक्टोरियाका नेपाली समूदायका सदस्यहरु र सञ्चारकर्मीको रोहवरमा निजले रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरेपनि ठगी धन्दा कायमै राखेका थिए।

    निरन्तरको ठगीपछि यो मुद्दा प्रहरीको पुगेको थियो। प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रुपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई प्रमाणका रुपमा अघि सारेको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...