News Portal

हुन्डी कारोबार गरेको अभियोगमा अष्ट्रेलियामा एक नेपालीलाई ४६ महिने जेल सजाय

हिमालीसंचार संवाददाता
४७९ पटक

ब्रिजबेन – हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी एक नेपालीलाई ४६ महिना जेल सजाय हुने भएको छ।

भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईपछि उनलाई ४६ महिनाको जेल सजाय सुनाइएको हो। उनले डेढ वर्ष हिरासतमा बिताइसकेका छन भने बाँकी सजाय काट्नका लागि प्रहरी हिरासतबाट जेल चलान गरिएको छ।

फैसला सुनाउँदै काउन्टी कोर्टका जजले उनको अपराधले कैयौं परिवारहरु प्रभावित भएको भन्दै निजले पटक-पटक यो अपराध दोहोराएका कारण समाजमा थप खतरा हुनबाट रोक्न यस्तो फैसला सुनाइएको बताएका छन्।

फैसलाको क्रममा सहभागी एक पीडितले ठगिएको रकम फिर्तीका लागि अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दावी गर्न भनिएको बताए। अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताए पनि न्यायाधीशले उक्त दाबीलाई खासै महत्व दिएनन्।

अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा निज व्यक्तिलाई सजाय पूरा भएपछि डिपोर्ट गर्ने नियम छ। यसका लागि अध्यागमनलाईसमेत सूचित गरिने बताइएको छ।

को–को छन त पीडितहरु ?

उनको ठगीबाट पीडित बन्नेमा अधिकांश विद्यार्थीहरु छन्। कतिपयको ३० हजार डलरभन्दा बढी ठगी गरेको पाइएको थियो। करिब दुई वर्ष अघि भिक्टोरियाका नेपाली समूदायका सदस्यहरु र सञ्चारकर्मीको रोहवरमा निजले रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरेपनि ठगी धन्दा कायमै राखेका थिए।

निरन्तरको ठगीपछि यो मुद्दा प्रहरीको पुगेको थियो। प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रुपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई प्रमाणका रुपमा अघि सारेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...