News Portal

हङकङमा २१६५० नयाँ कोभिड केस पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या ४९०८

हिमालीसंचार संवाददाता
२७८ पटक

युवा राई हङकङ – हङकङमा आज २१६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्।

बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्। पाँचौं लहरमा हालसम्म ९८४२३१ जनाभन्दा बढी संक्रमित भएका छन्।हङकङमा २४ घण्टाभित्र थप २०२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।मृत्यु हुनेहरुमा २० वर्षदेखि १०४ वर्ष उमेरबीचका १२० पुरुष र ८२ महिला रहेका छन्।

मृत्यु हुनेहरुमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।
कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ४९०८ पुगेको छ।५८ जना विरामीको अवस्था चिन्ताजनक र ११५ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। १११२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...