News Portal

हङकङमा २१६५० नयाँ कोभिड केस पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या ४९०८

हिमालीसंचार संवाददाता
३४१ पटक

युवा राई हङकङ – हङकङमा आज २१६५० नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग शुक क्वानका अनुसार संक्रमितमध्ये ९ आयातित ० डेल्टा र २२४ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्।

बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्। पाँचौं लहरमा हालसम्म ९८४२३१ जनाभन्दा बढी संक्रमित भएका छन्।हङकङमा २४ घण्टाभित्र थप २०२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।मृत्यु हुनेहरुमा २० वर्षदेखि १०४ वर्ष उमेरबीचका १२० पुरुष र ८२ महिला रहेका छन्।

मृत्यु हुनेहरुमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।
कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ४९०८ पुगेको छ।५८ जना विरामीको अवस्था चिन्ताजनक र ११५ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। १११२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...