News Portal

जिल्ला अदालत पूर्वी नवलपरासीमा पल शाहविरुद्ध मुद्दा दर्ता

हिमालीसंचार संवाददाता
२३६ पटक

पूर्वी नवलपरासी – किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार अर्को मुद्दा दर्ता भएको छ ।

किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । ती किशोरीको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राती बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राती रक्सी खुवाएर बलात्कार गरेको आरोप ती युवतीको छ ।

जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।

अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै किशोरीले बलात्कारसम्बन्धी उजुरी दिएकी छन् । 

तनहुँभन्दा पहिला यहाँको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले एउटै अदालत (तनहुँ र पूर्वी नवलपरासी) मा मुद्दा आउन सक्ने प्रहरीको भनाइ छ । ‘समान प्रकृतिको मुद्दा भए एउटै जिल्ला अदालतमा हेर्ने चलन पनि छ । यो अदालतको तजबिजको कुरा भयो,’ प्रहरी स्रोतले भन्यो । आजको कान्तिपुर दैनिकले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...