News Portal

जिल्ला अदालत पूर्वी नवलपरासीमा पल शाहविरुद्ध मुद्दा दर्ता

हिमालीसंचार संवाददाता
२६० पटक

पूर्वी नवलपरासी – किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार अर्को मुद्दा दर्ता भएको छ ।

किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । ती किशोरीको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राती बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राती रक्सी खुवाएर बलात्कार गरेको आरोप ती युवतीको छ ।

जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।

अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै किशोरीले बलात्कारसम्बन्धी उजुरी दिएकी छन् । 

तनहुँभन्दा पहिला यहाँको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले एउटै अदालत (तनहुँ र पूर्वी नवलपरासी) मा मुद्दा आउन सक्ने प्रहरीको भनाइ छ । ‘समान प्रकृतिको मुद्दा भए एउटै जिल्ला अदालतमा हेर्ने चलन पनि छ । यो अदालतको तजबिजको कुरा भयो,’ प्रहरी स्रोतले भन्यो । आजको कान्तिपुर दैनिकले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...