News Portal

राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ, अनुसन्धान हुदैँ

हिमालीसंचार संवाददाता
३५७ पटक

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ गोंगबु मिलन टोल बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, काठमाडौँ सामाखुसी बस्ने बागलुङ, बागलुङ नगरपालिका-८ घर भएका ३० वर्षीय रञ्जित कार्की, काठमाडौँ मनमैजु बालाजु बस्ने म्याग्दी बेनि नगरपालिका-५ घर भएका ३३ वर्षीय रामजी परियार, काठमाडौँ गोंगबु नयाँ बसपार्क बस्ने ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाईँ, काठमाडौँ गोंगबु मिलन टोल बस्ने पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जीवन कुमार श्रेष्ठ रहेका छन।

त्यस्तै, काठमाडौँ गौशाला बस्ने रामेछाप गागल गाउँपालिका-८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ घर भएका रमेश बजगाईँ, काठमाडौँ माछापोखरी बस्ने काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दीप मैनाली, काठमाडौँ धुम्बाराही पिपलबोट बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय अभिषेक मगर, काठमाडौँ सिनामंगल बस्ने दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्‍जन तिवारी र काठमाडौँ कलङ्की बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ। उनीहरू उपर किर्ते गर्न नहुने कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...