News Portal

उदयपुरकि शिला मलेसियामा श्रीमान् हराउँदा पुगिन साउदी

८६१ पटक

उदयपुर – देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भलो गर्छ भन्नुहुन्छ उपयपुरकी शिला तामाङ । शिलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्‍यो । बाध्यताले साउदी पुगेपनि शिलालाई परदेशमा भोगेको दुःखले नै स्वदेशमा इलम गर्नसक्ने बनायो ।

शिलाको कथा उहाँकै शब्दमा

अहिले मेरो हातमा कला छ । मसँगै सबै कुरा छ । तर आज भन्दा १०/१५  वर्ष अघि मेरो यस्तो अवस्था थिएन ।

२०६० साल तिरको कुरा हो । श्रीमान मलेसिया लाग्नुभयो । मेरो जिम्मेवारी थियो दुई सन्तान र घरव्यवहार । मलेसिया गएको केही समयपछि श्रीमानको फोन आएन । राम्रो भएर हो या नराम्रो भएर त्यो त के जान्नु र । जसो भएर सम्पर्कविहीन भएपनि उहाँ हराउदा हामीलाई मौरीको रानो हराए झैं भयो ।

घरमा आम्दानीको स्रोत केही थिएन । के गर्ने, कसो गर्ने । साथीभाइ सबैले छोरी मान्छेले पनि कमाउन सक्छन् । विदेश जाउ तिमी पनि भने । त्यसपछि मैले पनि विदेश जाने निणर्य गरेँ । नगएर पनि सुखै भएन । छोराछोरी त पढाउनै पर्‍यो । २०६५ सालमा साउदी गएँ ।

चिनजानकै एक जना दिदीले हो साउदी पठाएको । पैसा तिर्न परेन । म दुःखीलाई त्यो बेलामा सबैभन्दा ठूलो कुरा त्यही नै थियो ।

मुम्बईको बाटो हुँदै साउदी गएको हुँ । घरबाट निस्कदा म एक्लै छु बाध्यताल परदेश लाग्ने जस्तो लाग्थ्यो । तर मुम्बई पुगेपछि मै जस्ता थुप्रै भेट्टाएँ । सबैको भिसा चाडो चाडो ने आयो । तर मैले एक महिना मुम्बईमै कुर्न पर्‍यो ।

एक महिना पछि साउदी पुगेँ । घरको काम । भाषा, मानिस, रहनसहन वातावरण सबै नयाँ थियो मरो लागि । न हातमा सीप थियो न मुखमा बोली के गर्नु । लाटो नै भएँ सुरुमा त । तर बिस्तारै बानी हुँदै गयो ।

खाना पकाउने, बच्चा हेर्ने सबै काम गर्न पर्थो । घरको काम सजिलो त नहुने नि । सात महिना भएको थियो साउदी पुगेको । खै के सोच्नुभयो मै कमाउन हिँडेपछि श्रीमान् फर्किनु भएछ । उहाँले बोलाउनु भयो मलाई पनि । म सात महिना काम गरेर घर फर्किएँ ।

 श्रीमान् त फेरि जानुभयो । तर म गइनँ । श्रीमान् विदेश गए भन्दैमा यसै बस्नुभन्दा त केही काम गरौं जस्तो लाग्यो र मैले नै व्यवसाय सुरु गरें ।

सिलाई कटाईको काम । बिस्तारै गर्दा पनि हुने । आम्दानी पनि हुने । विदेशमा गएर त कति घण्टा काम गरिन्छ नसुती नसुती भने आफ्नै गाउँमा किन दुःख नगर्ने ।

२०६७ सालदेखि टेलर्स गरेको । पहिले बजारमा थियो अहिले घरमै छ । यही व्यवसायलाई राम्रो बनाउन म लागि परेको छु । घरमा बसीबसी । घर पनि हेरिने । काम पनि हुने । महिनाको १०/१२ हजार जस्तो हुन्छ ।

विदेश जाने सोच बनाउनुभएका दाजुभाइ दिदीबहिनीले आफू दक्ष भएर मात्र जानुस् भन्छु । सबै भन्दा ठूलो त सीप नै हो ।  हातमा कला नभए परदेशमा दुःख पाइदोरहेछ । आफूले गर्ने काम, सीप, वातावरण, कानुन सबै बुझ्न पर्छ । अनि देशमा होस् वा विदेशमा काम गर्ने इच्छा शक्ति चाहिँन्छ । उज्यालोबाट

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...