News Portal

उदयपुरकि शिला मलेसियामा श्रीमान् हराउँदा पुगिन साउदी

८१८ पटक

उदयपुर – देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भलो गर्छ भन्नुहुन्छ उपयपुरकी शिला तामाङ । शिलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्‍यो । बाध्यताले साउदी पुगेपनि शिलालाई परदेशमा भोगेको दुःखले नै स्वदेशमा इलम गर्नसक्ने बनायो ।

शिलाको कथा उहाँकै शब्दमा

अहिले मेरो हातमा कला छ । मसँगै सबै कुरा छ । तर आज भन्दा १०/१५  वर्ष अघि मेरो यस्तो अवस्था थिएन ।

२०६० साल तिरको कुरा हो । श्रीमान मलेसिया लाग्नुभयो । मेरो जिम्मेवारी थियो दुई सन्तान र घरव्यवहार । मलेसिया गएको केही समयपछि श्रीमानको फोन आएन । राम्रो भएर हो या नराम्रो भएर त्यो त के जान्नु र । जसो भएर सम्पर्कविहीन भएपनि उहाँ हराउदा हामीलाई मौरीको रानो हराए झैं भयो ।

घरमा आम्दानीको स्रोत केही थिएन । के गर्ने, कसो गर्ने । साथीभाइ सबैले छोरी मान्छेले पनि कमाउन सक्छन् । विदेश जाउ तिमी पनि भने । त्यसपछि मैले पनि विदेश जाने निणर्य गरेँ । नगएर पनि सुखै भएन । छोराछोरी त पढाउनै पर्‍यो । २०६५ सालमा साउदी गएँ ।

चिनजानकै एक जना दिदीले हो साउदी पठाएको । पैसा तिर्न परेन । म दुःखीलाई त्यो बेलामा सबैभन्दा ठूलो कुरा त्यही नै थियो ।

मुम्बईको बाटो हुँदै साउदी गएको हुँ । घरबाट निस्कदा म एक्लै छु बाध्यताल परदेश लाग्ने जस्तो लाग्थ्यो । तर मुम्बई पुगेपछि मै जस्ता थुप्रै भेट्टाएँ । सबैको भिसा चाडो चाडो ने आयो । तर मैले एक महिना मुम्बईमै कुर्न पर्‍यो ।

एक महिना पछि साउदी पुगेँ । घरको काम । भाषा, मानिस, रहनसहन वातावरण सबै नयाँ थियो मरो लागि । न हातमा सीप थियो न मुखमा बोली के गर्नु । लाटो नै भएँ सुरुमा त । तर बिस्तारै बानी हुँदै गयो ।

खाना पकाउने, बच्चा हेर्ने सबै काम गर्न पर्थो । घरको काम सजिलो त नहुने नि । सात महिना भएको थियो साउदी पुगेको । खै के सोच्नुभयो मै कमाउन हिँडेपछि श्रीमान् फर्किनु भएछ । उहाँले बोलाउनु भयो मलाई पनि । म सात महिना काम गरेर घर फर्किएँ ।

 श्रीमान् त फेरि जानुभयो । तर म गइनँ । श्रीमान् विदेश गए भन्दैमा यसै बस्नुभन्दा त केही काम गरौं जस्तो लाग्यो र मैले नै व्यवसाय सुरु गरें ।

सिलाई कटाईको काम । बिस्तारै गर्दा पनि हुने । आम्दानी पनि हुने । विदेशमा गएर त कति घण्टा काम गरिन्छ नसुती नसुती भने आफ्नै गाउँमा किन दुःख नगर्ने ।

२०६७ सालदेखि टेलर्स गरेको । पहिले बजारमा थियो अहिले घरमै छ । यही व्यवसायलाई राम्रो बनाउन म लागि परेको छु । घरमा बसीबसी । घर पनि हेरिने । काम पनि हुने । महिनाको १०/१२ हजार जस्तो हुन्छ ।

विदेश जाने सोच बनाउनुभएका दाजुभाइ दिदीबहिनीले आफू दक्ष भएर मात्र जानुस् भन्छु । सबै भन्दा ठूलो त सीप नै हो ।  हातमा कला नभए परदेशमा दुःख पाइदोरहेछ । आफूले गर्ने काम, सीप, वातावरण, कानुन सबै बुझ्न पर्छ । अनि देशमा होस् वा विदेशमा काम गर्ने इच्छा शक्ति चाहिँन्छ । उज्यालोबाट

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...