News Portal

४० लाख पाउने लोभमा ऋण लिएको ५० हजार पनि डुब्यो !

५७६ पटक

रोयल आचार्य
काठमाडौं – चिठ्ठा पर्‍यो भन्दै ठगी धन्दा चलाउने गिरोहका केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेर समय समयमा सार्वजनिक गर्ने गरेको छ । तर, न यस्ता प्रकृतिका ठगीमा कमी आएका छन् न त सर्वसाधारण सचेत नै भएका छन् ।

सजिलै मोटो रकम पाउने प्रलोभनमा लोभिँदा ठगिनेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । यस्तै गिरोहको पछिल्लो शिकार बनेकी छिन्, सरिता खड्का ।

खड्काका अनुसार उनलाई एक व्यक्तिले भाइबरमा कल गरेर भनेका थिए, ‘तपाईलाई बधाई छ, २५ लाख रुपैयाँ भारु अर्थात् नेपाली ४० लाख रुपैयाँ जित्नु भएको छ ।’ भाइबरमै उनले चिठ्ठा परेको कागजपत्र समेत प्राप्त गरिन् ।

मोटो रकम पाउने सुनेपछि उनलाई ठगको जालोमा फस्न कत्तिवेर पनि लागेन ।

ऋण गरेर दिएको ५० हजार… 

कुराकानीका क्रममा पैसा पाउनका पहिले कर वापतको ५० हजार रुपैयाँ खातामा जम्मा गर्नुपर्ने भाइबरमै भनियो ।

‘४० लाख पाउने भएपछि ५० हजार तिर्नु ठूलो कुरै भएन’, उनले सुनाइन्, ‘ऋण खोजेर मोरङ जिल्लामा निकाल्न मिल्न गरी जीवानन्द घिमिरेको नाममा सिभिल बैंक, बानेश्वर शाखाबाट २ पटक गरेर ५० हजार रुपैयाँ पठाएँ ।’

दुई पटक गरेर उनले ५० हजार रकम त पठाइदिइन् तर, भाइबरबाट पैसा माग्ने क्रम अझै रोकिएन । रकम अपुग भएको भन्दै थप २५ हजार पठाइदिन आग्रह गरियो ।

तब मात्र सरिताको मनमा चिसो पस्यो । उनले त्यसवेला भने आफ्नो बुबालाई पनि ठगिएको आशंका गर्दै जानकारी गराइन् ।

शंका लागेपछि उनीहरु उजुरी लिएर महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु पुगे ।

अनुसन्धान थालियो

महाशाखामा आफू ठगिएको विवरणसहितको निवेदन दिएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेती भन्छन्, ‘यस्तो घटनामा हामी निवेदन लिएर अनुसन्धान थाल्छौं । त्यसपछि पैसा लिने व्यक्ति आइडन्टिफाइड भएपछि परिसर, काठमाडौंमा उजुरी दर्ता हुन्छ ।’

उनका अनुसार नेपाल नागरिक संलग्न भएको त्यस्ता घटनामा भने अभियुक्त पक्राउ परेका प्रशस्त उदाहरणहरु छन् ।

तर, विदेशी नागरिक संलग्न भएको हकमा भने अनुसन्धानमा कठिनाइ हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल पनि भाइबर, इमो जस्ता सामाजिक सञ्जालको प्रयोगबाट सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको बताउँदै नागरिकलाई सचेत रहन आग्रह गर्छन् ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले सचेत रहन आग्रह गर्दै पटकपटक सूचना समेत जारी गरेका छौं ।’

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...