News Portal

४० लाख पाउने लोभमा ऋण लिएको ५० हजार पनि डुब्यो !

६२८ पटक

रोयल आचार्य
काठमाडौं – चिठ्ठा पर्‍यो भन्दै ठगी धन्दा चलाउने गिरोहका केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेर समय समयमा सार्वजनिक गर्ने गरेको छ । तर, न यस्ता प्रकृतिका ठगीमा कमी आएका छन् न त सर्वसाधारण सचेत नै भएका छन् ।

सजिलै मोटो रकम पाउने प्रलोभनमा लोभिँदा ठगिनेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । यस्तै गिरोहको पछिल्लो शिकार बनेकी छिन्, सरिता खड्का ।

खड्काका अनुसार उनलाई एक व्यक्तिले भाइबरमा कल गरेर भनेका थिए, ‘तपाईलाई बधाई छ, २५ लाख रुपैयाँ भारु अर्थात् नेपाली ४० लाख रुपैयाँ जित्नु भएको छ ।’ भाइबरमै उनले चिठ्ठा परेको कागजपत्र समेत प्राप्त गरिन् ।

मोटो रकम पाउने सुनेपछि उनलाई ठगको जालोमा फस्न कत्तिवेर पनि लागेन ।

ऋण गरेर दिएको ५० हजार… 

कुराकानीका क्रममा पैसा पाउनका पहिले कर वापतको ५० हजार रुपैयाँ खातामा जम्मा गर्नुपर्ने भाइबरमै भनियो ।

‘४० लाख पाउने भएपछि ५० हजार तिर्नु ठूलो कुरै भएन’, उनले सुनाइन्, ‘ऋण खोजेर मोरङ जिल्लामा निकाल्न मिल्न गरी जीवानन्द घिमिरेको नाममा सिभिल बैंक, बानेश्वर शाखाबाट २ पटक गरेर ५० हजार रुपैयाँ पठाएँ ।’

दुई पटक गरेर उनले ५० हजार रकम त पठाइदिइन् तर, भाइबरबाट पैसा माग्ने क्रम अझै रोकिएन । रकम अपुग भएको भन्दै थप २५ हजार पठाइदिन आग्रह गरियो ।

तब मात्र सरिताको मनमा चिसो पस्यो । उनले त्यसवेला भने आफ्नो बुबालाई पनि ठगिएको आशंका गर्दै जानकारी गराइन् ।

शंका लागेपछि उनीहरु उजुरी लिएर महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु पुगे ।

अनुसन्धान थालियो

महाशाखामा आफू ठगिएको विवरणसहितको निवेदन दिएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेती भन्छन्, ‘यस्तो घटनामा हामी निवेदन लिएर अनुसन्धान थाल्छौं । त्यसपछि पैसा लिने व्यक्ति आइडन्टिफाइड भएपछि परिसर, काठमाडौंमा उजुरी दर्ता हुन्छ ।’

उनका अनुसार नेपाल नागरिक संलग्न भएको त्यस्ता घटनामा भने अभियुक्त पक्राउ परेका प्रशस्त उदाहरणहरु छन् ।

तर, विदेशी नागरिक संलग्न भएको हकमा भने अनुसन्धानमा कठिनाइ हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल पनि भाइबर, इमो जस्ता सामाजिक सञ्जालको प्रयोगबाट सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको बताउँदै नागरिकलाई सचेत रहन आग्रह गर्छन् ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले सचेत रहन आग्रह गर्दै पटकपटक सूचना समेत जारी गरेका छौं ।’

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...