News Portal

अमेरिकाद्वारा रुसी नागरिकमाथि प्रतिवन्ध, अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौं। उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ। पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो।

अमेरिकाले रुसी नागरिक र संस्थालाई उत्तर कोरियालाई गैरकानूनी रुपमा मिसाइल प्रक्षेपणका लागि आवश्यक सामग्री खरिदमा सहयोग गरेको आरोप लगाएको छ। उत्तर कोरियाको नाम उल्लेख गरेर अमेरिकी अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघले लगाको प्रतिवन्धको उल्लंघन गरेको बताइएको छ।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै विभिन्न क्षमताका लामो तथा छोटो दुरीका विभिन्न मिसाइलहरु प्रक्षेपण गर्दै आएको छ। अमेरिका, बेलायत, जापान र चीनलगायतका मुलुकले भने उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर मिसाइल प्रक्षेपण गरेको आराप लगाउँदै आएका छन्।

आफ्नो आणविक हतियार प्रक्षेपण कार्यक्रम जारी रहेकै बेला सन् २०१९ मा उत्तर कोरियाली नेता किम जोङ उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपनि सफल हुन सकेको थिएन। त्यासयता उत्तरले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...