News Portal

अमेरिकाद्वारा रुसी नागरिकमाथि प्रतिवन्ध, अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ। पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो।

अमेरिकाले रुसी नागरिक र संस्थालाई उत्तर कोरियालाई गैरकानूनी रुपमा मिसाइल प्रक्षेपणका लागि आवश्यक सामग्री खरिदमा सहयोग गरेको आरोप लगाएको छ। उत्तर कोरियाको नाम उल्लेख गरेर अमेरिकी अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघले लगाको प्रतिवन्धको उल्लंघन गरेको बताइएको छ।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै विभिन्न क्षमताका लामो तथा छोटो दुरीका विभिन्न मिसाइलहरु प्रक्षेपण गर्दै आएको छ। अमेरिका, बेलायत, जापान र चीनलगायतका मुलुकले भने उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर मिसाइल प्रक्षेपण गरेको आराप लगाउँदै आएका छन्।

आफ्नो आणविक हतियार प्रक्षेपण कार्यक्रम जारी रहेकै बेला सन् २०१९ मा उत्तर कोरियाली नेता किम जोङ उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपनि सफल हुन सकेको थिएन। त्यासयता उत्तरले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...