News Portal

साउदी जेलबाट गोरखाका कुमार रानालाई फिर्ता ल्याउन क्षतिपूर्ति रकम बुझाइयो

७५७ पटक

काठमाडौं – साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा रकम बुझाएको छ ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी रियाल (६२ लाख ७४ हजार  रुपैयाँ ) बुझाएको हो । बाँकी रकममध्ये ४४ हजार घाइतेले छुट गरेको र ५० हजार कुमार राना मगर कार्यरत कम्पनीले ब्यहोरेकाले मूल समितिले २ लाख रियाल पठाएको हो ।

उक्त रकम बिहीबार मूल समिति संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी पत्नी अम्बिका रानामगरले परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाललाई बुझाएका हुन् ।

रकम बिहीबार नै साउदीस्थित नेपाली दूतावास पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुमार राना मगरको उद्धारका लागि नेपाल,  साउदी अरबलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले रकम संकलन गरेका थिए । कुमार राना उद्धारका लागि सञ्चालित अभियानबाट संकलित रकम प्रभु बैंक कलंकी शाखामा जम्मा गरिएको छ । अभियानबाट करिब ७८ लाख रुपैयाँ संकलन भएको छ ।

कुमार रानाको उद्धारका लागि आवश्यक रकम संकलन भएकाले सहयोग संकलन अभियान बन्द गरिएको मूल समितिले जनाएको छ । कुमार रानाको उद्धारपछि बचत भएको रकम उनीजस्तै समस्यामा पर्ने अन्य व्यक्तिलाई सहयोग गर्ने मूल समितिको निर्णय छ ।

२०७१ सालमा साउदी अरबको खलिद एस अल कम्पनीमा काम गर्न गएका कुमारले चलाउने गाडीको ठक्करबाट २०७३ वैशाख १२ गते साउदी नागरिक खलिद विन फहाद विन सदर घाइते भएका थिए ।

घाइतेको माग अनुसार अफिफ जनरल कोर्टले २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त रकम तिर्न नसकेपछि कुमार २०७४ असोजदेखि साउदी अरबको जेलमा रहेका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...