News Portal

एनआरएनएको निर्वाचन समिति पुनर्गठन, महाधिवेशन आयोजक समिति पनि गठन

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।

वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्त र अध्यक्षका प्रत्यासी कुल आचार्यलाई राखेर प्रमुख संरक्षक शेष घलेले समानान्तर गतिविधि अघि बढाएका हुन्। कुमार पन्त नेतृत्वको संघका वर्तमान कार्यसमितिले विधान अनुसार काम नगरेको र कार्यकाल सकिएको लामो समयसम्म चुनाव हुन नसकेको भन्दै प्रमुख संरक्षक घलेले यस्तो निर्णय गरेका हुन्।

घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन विधानको हवाला दिँदै निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। घले पक्षले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी छन्।

आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्। दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ।

समूहले निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) लाई राखेको छ।

आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरू, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजक लगायत छन्। यो सँगै एनआरएन औपचारिक रूपमा दुई टुक्रा भएको छ।

यसअघि वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्तले गठन गरेको निर्वाचन समितिले आगामी कार्यसमितिका लागि उम्मेद्वारी दर्ता समेत गरिसकेको छ। वर्तमान कार्यसमितिको निर्वाचन समितिमा रसियाबाट बद्री केसी र अमेरिकाबाट रविना थापाले आगामी कार्यकालका लागि केन्द्रिय अध्यक्षमा उम्मेद्वारी दर्ता गरिसकेका छन्।

यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले उम्मेद्वारी दर्ता गरेका थिएनन्। वर्तमान निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म विभिन्न ५१ पदको लागि चार दर्जन भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता शुक्रबार ५ बजेसम्म जारी रहनेछ।

वर्तमान निर्वाचन समितिका अनुसार चुनाव यही मार्च २४ र २५ तारिखमा हुने भएको छ। वर्तमान निर्वाचन समितिले चुनाव तथा महाधिवेशन अनलाइन गर्ने बताएको छ भने, अर्को निर्वाचन समितिले भौतिक रुपमा काठमाडौंमा नै आयोजना गर्ने जनाएको छ।

जसका लागि डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौं आउन आग्रह गरेका छ। दुवै कार्य समितिले निर्वाचनको लागि संघको केन्द्रिय कार्यलय बालुवाटारबाट नै गतिबिधि सञ्चालन गर्ने भएकाले आपसी भिडन्त भौतिक रूपमै हुने निश्चित छ।

प्रतिकृया दिनुहोस्

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...