News Portal

‘किरात प्रदेश’ नामाकरणका लागि निर्णायार्थ स्मरण-पत्र, धरानदेखि विराटनगरसम्म मोटरसाईकल र्‍याली

हिमालीसंचार संवाददाता
२१७ पटक

विराटनगर – प्रदेश नं. १ को नाम “किरात प्रदेश” राख्नु पर्ने माग गर्दै धरानदेखि विराटनगर पुगेर मुख्यमन्त्री कार्यालय र प्रदेशसभा अगाडी किरात राई यायोक्खा सुनसरीको आयोजनामा मोटरसाईकल सहित प्रदर्शन गरिएको छ।

किरात राई यायोक्खा सुनसरीको अगुवाइमा प्रदेश नं. १ को राजधानी विराटनगर पुगेर किरात प्रदेश धोषणा गर्न विशेष माग सहित ज्ञापन पत्र बुझाएका छन्। किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानबाट मोटरसाइकल र्‍यालीसहित “किरात प्रदेश” नामाकरणका लागि धरानबाट आएको समूहसँगै मोरङका यायोक्खा आवद्ध सदस्यहरु समेत सहभागी भएका थिए।

यायोक्खाले पहिचानसहितको संघीयता कायम गर, पहिचान विरोधी होसियार, पहिचानवादी एक हौं लगायतका नारा लगाएका थिए। किरात राई यायोक्खा सुनसरी जिल्लाका अध्यक्ष राजेन्द्र राईलगायतले प्रदेशका स्वास्थ्य मन्त्री तथा किरात प्रदेश नामाकरण समितिका संयोजक जयराम यादवलाई किरात प्रदेश नामाकरण गर्न माग गर्दे निर्णायार्थ स्मरण पत्र समेत बुझाएका थिए। 

प्रदेशको नामाकरण छिट्टै सबैको सुझाव अनुसार गरिने प्रदेश नामाकरण समितिका संयोजक यादवले हिमालीसंचारडटकमसंग बताए। प्रदेशको नाम जातीय पहिचानको आधारमा कि भौगोलिक आधारमा राख्ने भन्ने विषयमा तीव्र मतभेद रहेको छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...