News Portal

‘किरात प्रदेश’ नामाकरणका लागि निर्णायार्थ स्मरण-पत्र, धरानदेखि विराटनगरसम्म मोटरसाईकल र्‍याली

हिमालीसंचार संवाददाता
२४९ पटक

विराटनगर – प्रदेश नं. १ को नाम “किरात प्रदेश” राख्नु पर्ने माग गर्दै धरानदेखि विराटनगर पुगेर मुख्यमन्त्री कार्यालय र प्रदेशसभा अगाडी किरात राई यायोक्खा सुनसरीको आयोजनामा मोटरसाईकल सहित प्रदर्शन गरिएको छ।

किरात राई यायोक्खा सुनसरीको अगुवाइमा प्रदेश नं. १ को राजधानी विराटनगर पुगेर किरात प्रदेश धोषणा गर्न विशेष माग सहित ज्ञापन पत्र बुझाएका छन्। किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानबाट मोटरसाइकल र्‍यालीसहित “किरात प्रदेश” नामाकरणका लागि धरानबाट आएको समूहसँगै मोरङका यायोक्खा आवद्ध सदस्यहरु समेत सहभागी भएका थिए।

यायोक्खाले पहिचानसहितको संघीयता कायम गर, पहिचान विरोधी होसियार, पहिचानवादी एक हौं लगायतका नारा लगाएका थिए। किरात राई यायोक्खा सुनसरी जिल्लाका अध्यक्ष राजेन्द्र राईलगायतले प्रदेशका स्वास्थ्य मन्त्री तथा किरात प्रदेश नामाकरण समितिका संयोजक जयराम यादवलाई किरात प्रदेश नामाकरण गर्न माग गर्दे निर्णायार्थ स्मरण पत्र समेत बुझाएका थिए। 

प्रदेशको नामाकरण छिट्टै सबैको सुझाव अनुसार गरिने प्रदेश नामाकरण समितिका संयोजक यादवले हिमालीसंचारडटकमसंग बताए। प्रदेशको नाम जातीय पहिचानको आधारमा कि भौगोलिक आधारमा राख्ने भन्ने विषयमा तीव्र मतभेद रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...