News Portal

एनआरएनए युरोप उपसंयोजकमा बेलायतका ललित न्यौपानको उम्मेदवारी

हिमालीसंचार संवाददाता
३०३ पटक

लन्डन- बेलायतका लोकप्रिय नेपाली सामाजिक अभियन्ता तथा सफल व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन्। उनले सोमवार अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दाखिला गरे।

एनआरएनए युकेको कार्यसमिति सदस्य, सहकोषाध्यक्ष, उपाध्यक्ष र हाल अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रहेका न्यौपाने एनआरएनएमा लागेर आफूले आर्जन गरेको ज्ञान र अनुभव युरोप क्षेत्रमा विस्तार गर्न सो पदमा उम्मेदवारी दिएको बताए। एनआरएनएका अलाबा उनी बेलायतका करिब आधादर्जन विभिन्न सामाजिक संस्थाहरुमा सल्लहाकार रहेका छन् । सहयोगी तथा सामाजिक कार्यमा दिल खोलेर सहयोग गर्ने झापा जिल्लामा घर भएका न्यौपाने अन्तर्रास्ट्रिय झापाली समाजका केन्द्रीय उपाध्यक्ष समेत छन्।

हाइली स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गत २००५ मा बेलायत आएका न्यौपानेको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा लगानी छ । एमए, बीएलसम्म अध्ययन गरेका न्यौपानेले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको शाखा प्रबन्धकको अनुभव समेत छ। अध्यात्म र साहित्यमा रुची राख्ने न्यौपाने फुर्सदको समयमा मुक्तक लेख्न मन पराउँछन् । सबै मानिसलाई सुख, शान्ति र सम्वृद्धि पुर्याउने सपना बोकेका न्यौपाने जीवन विज्ञान युके स्थापना गराउन र सोको गतिविधि फैलाउनमा पनि क्रियाशील छन्। लामो समय एनआरस्न अभियानमा आवद्ध न्यौपाने आफ्नो उम्मेद्बारीले अनआरएनएको सबलीकरण, संस्थागत गरिमालाई दरिलो बनाउन योगदान गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...