आज : २०२६-०८-२६, बुधबार

प्रहरीले मोरङको हल्दीवारी सिमाबाट १० बण्डल पटका बरामद गर्‍यो

फाईल तस्वीर 

रबिन्द्र बराल – हिन्दु नेपालीहरुकाे महान चाड दिपावली नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु भित्र्याउन थालेका छन ।

ईलाका प्रहरी कार्यलय रंगेलीले बुधबार राति सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट १० बण्डल खुर्सानी बम पटका बरामद गरेको छ ।

रंगेलीबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो परिमाणको पटका र १ थान साईकल बरामद गरेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।