News Portal

शेष घले र हिराचनले बोलाए एनआरएनए बैठक

हिमालीसंचार संवाददाता
३३६ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन्। भेलामा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुलाई निम्ता गरिएको छ।

गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)को बैठकले संरक्षक परिषद र उच्च स्तरीय समिति विघटन गर्ने तथा ७० प्रतिशत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा र जापानका एनसीसीहरु भंग गरी पुनर्गठन गर्ने निर्णय गरेपछि संस्थाका प्रमुख संरक्षक पनि रहेका डा.घले र संरक्षक हिराचनले बैठक बोलाएका हुन्।

‘हामीले विगत ६ महिनायता विभिन्न चरणमा अनेक कोशिस गरी विवाद समाधान गर्न र संस्थाको साख बचाउन प्रयास गर्दै आइरहेका हौं, तर यो प्रयास निरन्तर खेर गइरहेको छ’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ।’

एनआरएनएको नेतृत्व भने विवाद समाधानका लागि दिएका सुझाव पालना नगर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन नगर्ने र संस्था कब्जा गर्ने अभियानमा केन्द्रित रहेको उनीहरुको भनाइ छ।

‘संस्थालाई दुर्घटनाबाट बचाउन तपाईं हामी सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ’, विज्ञप्तिमा भनिएको छ। तर त्यस्तो कदम के हुन सक्छ भन्ने चाहिं खुलाइएको छैन। बैठक आइतबार, ६ मार्च (नेपालको समय अनुसार अपरान्ह ५ बजे) भर्चुअल माध्यमबाट बस्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...