News Portal

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ३ पटक मार्ने प्रयास सफल नभएपछि…

हिमालीसंचार संवाददाता
४०० पटक

एजेन्सी। युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ। तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै कारण विफल भएको थियो।

रुसी ‘फेडरल सिक्योरिटी ब्यूरोको’का कर्मचारी युक्रेन युद्धको विपक्षमा थिए। उनीहरु पुटिनले युक्रेनमाथि गरेको हमलाको पक्षमा थिएनन्। जसले गर्दा जेलेन्स्की बाँच्न सफल भए। जेलेन्स्कीले आफ्नो देशप्रति देखाएको वफादारितालाई लिएर अहिले उनको सबैतिर प्रशंशा गरिएको छ।

कहिले उनी आफै युद्ध मैदानमा उत्रिएका तस्वीरहरु सार्वजनिक भएका छन् भने कहिले उनी आफ्नो देशको रक्षार्थ आफ्ना देशका सेनाहरुलाई हौसला बढाइरहेका छन्। रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक हप्ता भइसकेको छ।

यसमा कैयन युक्रेनी नागरिकको मृत्यु भइसकेको छ भने, १० लाख बढी युक्रेनका नागरिक युद्धबाट बच्न छिमेकी देशमा शरण लिन पुगेका छन्। रुसले युक्रेनका विभिन्न शहर आफ्नो नियन्त्रणका लिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले जेलेन्स्कीको हत्या गर्न विभिन्न समूह परिचालित गरेको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...