News Portal

सुत्केरी व्यथा लागेकी महिलाको जिल्ला अस्पतालमा नै मृत्यु

हिमालीसंचार संवाददाता
३१४ पटक

उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो।

मृत्युको कारण अस्पतालले अहिलेसम्म सार्वजानिक गरेको छैन। मृतकका आफन्तले भने अस्पतालको चरम लापरवाहीले मृत्यु भएको बताएका छन्। बिरामीसँगै अस्पतालमा रहेका आफन्तले सुत्केरी व्यथा लागेपछि डिउटीमा रहेका महिला कर्मचारीलाई डाक्टर बोलाउन पटकपटक आग्रह गर्दा एक पटक पनि डाक्टर नबोलाइदिएका कारण मृत्यु भएको बताएका छन्।

मृतककी बहिनी सुमित्रा पोखरेल कार्कीले भनिन्, ‘बच्चा जम्माउन नसकेपछि दुई पटकसम्म बेहोस भएर दिदी ढल्नु भयो, हामीले यहाँ उपचार सम्भव नभए बाहिर लैजान्छौ भन्यौं तर लैजान पनि दिइएन, डाक्टर पनि बोलाइएन।’

‘थप उपचारका लागि बाहिर लैजानसमेत नदिने’, उनले भनिन्, ‘कम्तिमा बाहिर लगेको भए बिरामी बचाउन सकिन्थ्यो, यो हदसम्मको लापरवाही क्षम्य छैन, त्यसैले कारवाही हुनु पर्दछ।’ सँगै उपचार गराउँदै गरेकी अर्की महिलाले विरामीलाई उदृत गर्दै भनिन्, ‘म प्रसव पीडामा छु, सामान्य अवश्था बच्चा जन्माउन सक्दिनँ, अप्रेसन गरिदिनुस्।’

कार्कीको यो तेश्रो सन्तान हो। उनका यसअघिका दुई वटै छोरी छन्। मृतक कार्कीको शव अहिलेसम्म बेडमै छ। ६ घण्टा बितिसक्दासमेत आफन्तले शव बुझेका छैनन्। आफन्तले लापरवाही गर्ने डाक्टरलाई कारवाहो र क्षतिपुर्ति नभएसम्म शव नबुझ्ने बताएका छन्। घटनाको विषयलाई लिएर अस्पताल व्यवस्थापन समितिको बैठक जारी रहेको छ। भरत खड्काले अन्नपूर्णपोष्टमा खबर लेखेका छन।

प्रतिकृया दिनुहोस्

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको...

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...