News Portal

२५ मार्चमा नेपाली दूतावास कुवेतकाे आयाेजनामा रक्तदान कार्यक्रम

हिमालीसंचार संवाददाता
७४० पटक

कुवेत – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन। स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो।

नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा कार्यरत नेपाली समुदायको सहयोगमा कुवेतको सैन्ट्रल ब्लड बैंक जाब्रियामा आगामी २५ मार्च २०२२ शुक्रवारका दीन रक्तदान कार्यक्रम हुने भएको छ।

सन्‌ १९७२ मा नेपाल र कुवेत राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन्‌ २०२२ मा) ५० वर्ष पुरा भएको कूटनीतिक सम्बन्ध स्थापनाको यो ५० औ वार्षिकोत्सवको शुभ अवसरलाई विविध कार्यक्रम गरी
मनाउने क्रममा नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा रहेका नेपाली समुदायको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागिएको हो।

स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने दूतावसले जनाएको छ। यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम)मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास कुवेतले आग्रह गरेको छ।

रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र गरे पस्चात ध्यान ढिनु पर्ने कुराहरू:

रक्तदान गर्नु भन्दा पहिले:
१) साधारण पौष्टिक खाना खाले, भोको पेट हुनु हुन्न।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने।
३) अघिल्लो रात प्रसस्त सुत्ने।
४) आफ्नो परिचय पत्र (सिमिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने।

रक्तदान गरी सके पस्चात्:
१) केही हल्का खाजा खाने वा जुस पिउने।
२) पानी वा जुस प्रसस्त पिउने।
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...