News Portal

बाबुआमासँगै पारस निर्मल निवासमा: छोरा अमेरिका, छोरी र श्रीमती थाइल्यान्ड

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौं। लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ।

झन्डै पाँच महिना अघिदेखि निर्मल निवास बस्न थालेका पूर्वयुवराज पारस परिवारका सबै जना विदेसिएपछि अहिले एक्लै पर्नुभएको हो। परिवारका तीन सन्तानमध्ये दुई छोरी पूर्णिका र किर्तिका उच्चशिक्षा अध्ययनको क्रममा करिब तीन वर्षदेखि थाइल्यान्डमै रहेका छन्।

छोरा हृदयेन्द्र उच्चशिक्षा अध्ययनको सिलसिलामा अमेरिकाको क्यालिफोर्निया पुगेका छन्। दुई महिना अघि पूर्वयुवराज्ञी एवं आमा हिमानीसँग अमेरिका पुगेका हृदयेन्द्र केही वर्ष अमेरिकामै बस्ने कार्यक्रम तय भएको छ।

केही महिना अघि अमेरिकामा बसोबास गरेका नेपालीका साथै हिमानी ट्रस्टले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागिता जनाएकी हिमानी दुई छोरीलाई भेट्न थाइल्याण्ड फर्कनुभएको छ। उहाँ यो महिना थाइल्यान्डमै बसेर चैतमा नेपाल फर्कने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको खबर नेपालसमाचारपत्रमा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...