News Portal

युक्रेनबाट भागेर पोल्यान्ड पुगेका नेपाली विद्यार्थी भन्छन्ः घर फर्किन सरकारले सघाओस् !

हिमालीसंचार संवाददाता
३५५ पटक

मिना खड्का,
काठमाडौँ। रामेछापकी ज्योति कार्की युक्रेनबाट भागेर पोल्यान्ड पुगेकी छन्। पटकपटक रेल फेर्दै उनी युक्रेन पोल्याण्ड सीमाक्षेत्र पुगिन्।.‘निकै मुस्किलले यहाँसम्म आएका छौँ,’ उनले भनिन्। अध्ययनका लागि एक वर्ष अघि युक्रेन पुगेकी उनीले युद्धको वातावरणमा रहन सकस भएकाले सरकारसँग तत्काल उद्धारका लागि पहल गर्न आग्रह गरे पनि सहयोग नपाएको बताइन्।

कार्की युक्रेनको राजधानी किभमा बस्थिन्। पूर्वी युक्रेनस्थित पृथकतावादीहरुको पकडमा रहेका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएसँगै युद्ध सुरु हुने हल्लाका माझ उनले एक हप्ताअघि राजधानी छाडेकी थिइन्। उनीसँगै अरु नेपाली विद्यार्थी पनि थिए।

‘छिनछिनमा फेरिने समाचारले मन आत्तिन्थ्यो,’ उनी भन्छिन्, ‘तत्काल निर्णय लिएर राजधानी किभबाट लुव्युव त पुग्यौँ तर त्यसपछि कता जाने र कसरी निस्कने भन्ने निर्णय गर्न निकै समय लाग्यो।’ लुव्युव पोल्यान्डको सीमानजिकको सहर हो। त्यहाँ रोकिएका ज्योति साथीहरुसहित पोल्यान्डतर्फ लागिन्। तर, सुरुमा उनीहरुलाई पोल्यान्ड छिर्न दिइएन।

त्यहाँका दुई दिन निकै तनावमा गुज्रिएको उनको भनाइ छ। अन्ततः उनीहरु पोल्यान्ड पुगेका छन्। ‘अहिलेसम्म नेपाल फर्किन कसैले सहयोग गरेन,’ ज्योतिले भनिन्, ‘भारतले आफ्ना विद्यार्थी फिर्ता लग्यो तर नेपालको ध्यान गएन।’ कार्कीसँगै तेस्रो देश पुगेका नेपाली नागरिकले उद्धार गर्न नेपाल सरकारको चासो नदेखाएको आरोप लगाएका छन्।

सरकारले युक्रेनबाट बाहिरिनका लागि पहल नगरेका कारण धैरै दुःखकष्ट भोग्नुपरेको उनीहरूको गुनासो छ। युक्रेनबाट भागेर पुगेका विद्यार्थी अहिले रेडक्रसको सहयोगमा सुरक्षित स्थानमा बसेका छन्।

युक्रेनबाट भागेर तेस्रो देश पुगेका नेपालीहरूका लागि बस्ने र उनीहरूलाई केही दिनका लागि अध्यागमन अनुमतिका लागि सम्बन्धित देशसँग पहल गरिएको एनआरएनएका उपाध्यक्ष बद्री केसीले जानकारी दिए। पोल्यान्ड, हंगेरी, रोमानिया र स्लोभाकियाका सीमानामा दर्जनौँ स्वयंसेवक राखिएको बताए।

युक्रेन पुग्ने बित्तिकै युद्ध सुरु !

कतिपय विद्यार्थी युक्रेन पुग्ने बित्तिकै ठाउँ छाडेर हिँड्न बाध्य भएका छन्। कलेजमा एजेन्टले टीआरसी नतिरिदिँदा पटक–पटक दुःख भोगेको एक विद्यार्थीले बताए। रमित (नाम परिर्वतन) युक्रेन पुगेको ५ हप्ता भएको थियो। ‘न ठाउँ थाहा हुन्छ। न त भाषा नै बुझिन्छ। यताका धेरै मानिस रूसी भाषा बोल्ने रहेछन्।

कसैले पनि अंग्रेजी नबुझ्ने भएकोले निकै समस्या भयो,’ उनले भने, ‘हामी यहाँ आउनेबित्तिकै रुससँगको झमेला सुरु भयो। यहाँको अवस्था देखेर आत्तिन थाल्यौँ। तर, नेपाल जान्छौँ भन्दा कलेजले पासपोर्ट राखिदियो र झन् तनाव दियो।

‘यहाँ युद्धको हल्ला चलेपछि बल्ल पासपोर्ट फिर्ता दियो,’ उनले भने। उनीसहित ७ जना विद्यार्थी त्यहाँ पुग्नेबित्तिकै फर्किनु परेको उनले बताए। अहिले उनीहरु पनि पोल्यान्ड पुगेका छन्।

केही विद्यार्थी यसअघि नै नेपाल फर्किएका छन्। तर, कलेजले समयमा प्रक्रिया नपुर्याउँदा आफूहरु रोकिनु परेको उनीहरुको भनाइ छ। ‘हामी नेपाल फर्किन चाहन्छौँ,’ उनले भने।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...