News Portal

डा.बाबुराम अधिकारी अली मियाँ पुरस्कारद्वारा सम्मानित

हिमालीसंचार संवाददाता
३८४ पटक

पोखरा। अली मियाँ लोकवाङ्मय पुरस्कारबाट सहप्राध्यापक डा.बाबुराम अधिकारी सम्मानित भएका छन। साहित्यकार सरुभक्त प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा हिजो आईतबार उनलाई सम्मान गरेका हुन।

उक्त प्रतिष्ठानका सल्लाहकार प्रा.डा.रविलाल अधिकारी, सचिव पद्यराज ढकाल र कोषाध्यक्ष फडिन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले डा.अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो। पृथ्वीनारायण क्याम्पसको नेपाली शिक्षा विभाग प्रमुख डा.अधिकारीलाई रू ५० हजार र प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो।

त्यस्तै, पद्मराज ढकाल, सोम बज्राचार्य, गौमाया थापा, उत्तम गुरुङ, धनबहादुर गन्धर्व, शकुन्तला ज्ञवाली, ऋतु लामा, भीष्म बास्तोला, युवराज भुसाल र अम्बिका भण्डारीलाई पनि यसअघि नै सम्मान गरिएको थियो।

यसअघि पनी अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले लोकगायिका हरिदेवी कोइराला, लोकगायकहरू प्रेमराजा महत, भेडिखर्के साइँला, बमबहादुर कार्की, खिमबहादुर गन्धर्व लगायतलाई सम्मान गरिसकेको छ।

डा.अधिकारीद्वारा लिखित थुप्रै कृति, पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन्।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...