News Portal

साउदी अरबमा ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना समेत हुने

हिमालीसंचार संवाददाता
२३१ पटक

एजेन्सी – साउदी अरबमा ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवाना हुने मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ ।

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ ।

साउदी अरबको ठगी नियन्त्रण संस्थाका सदस्य मोआताज कुटबीका अनुसार ह्वाट्सएपमा मायाको चिह्न पठाउनुलाई यौन दुव्र्यवहार तथा उत्पीडन कसुरको रुपमा लिन सकिने उल्लेख गरेका छन्। 

उनका अनुसार सरकारले इमोजीको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भए पनि ‘रेड हर्ट’ इमोजी प्राप्त गर्ने कुनै महिला वा पुरुषले उजुरी गरेमा त्यस्तो इमोजी पठाउनेमाथि कारबाही हुने जनाईएको छ।

अरुको सहमति वेगर ह्वाट्सएपमा ‘रेड हर्ट’सँगै रातो गुलाब तथा अन्य प्रेम वा यौन संकेत गर्ने इमोजीहरू पनि पठाउनु अपराध ठहर हुनेछ । अटेरी गरेर पटक-पटक ह्वाट्सएपमा यस्ता इमोजी पठाएमा तीन लाख साउदी रियाल जरिवाना त्यस्तै अधिकतम ५ वर्षसम्मको जेल सजायँ हुने उल्लेख गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...