News Portal

साउदी अरबमा ह्वाट्सएपमा मायाको चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना समेत हुने

हिमालीसंचार संवाददाता
२८२ पटक

एजेन्सी – साउदी अरबमा ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवाना हुने मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ ।

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ ।

साउदी अरबको ठगी नियन्त्रण संस्थाका सदस्य मोआताज कुटबीका अनुसार ह्वाट्सएपमा मायाको चिह्न पठाउनुलाई यौन दुव्र्यवहार तथा उत्पीडन कसुरको रुपमा लिन सकिने उल्लेख गरेका छन्। 

उनका अनुसार सरकारले इमोजीको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भए पनि ‘रेड हर्ट’ इमोजी प्राप्त गर्ने कुनै महिला वा पुरुषले उजुरी गरेमा त्यस्तो इमोजी पठाउनेमाथि कारबाही हुने जनाईएको छ।

अरुको सहमति वेगर ह्वाट्सएपमा ‘रेड हर्ट’सँगै रातो गुलाब तथा अन्य प्रेम वा यौन संकेत गर्ने इमोजीहरू पनि पठाउनु अपराध ठहर हुनेछ । अटेरी गरेर पटक-पटक ह्वाट्सएपमा यस्ता इमोजी पठाएमा तीन लाख साउदी रियाल जरिवाना त्यस्तै अधिकतम ५ वर्षसम्मको जेल सजायँ हुने उल्लेख गरिएको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...