आज : २०२६-०७-१५, बुधबार

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग गर्दै प्रदर्शन

पोर्चुगल। झण्डै ४० हजारको हाराहारीमा नेपालीहरु रहेको पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाको माग गर्दै प्रर्दशन गरिएको छ।

नेपालीहरूको समूह “नेपाली दूतावास अभियान समूह”ले पोर्चुगलको लिस्वानस्थित अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो।

अभियानका अगुवा गंगाबहादुर नेम्कुलले हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई समस्या पर्दा गुहार गर्ने ठाँउसम्म नभएको भन्दै दूतावास स्थापनाको मागको लागि प्रर्दशन गरिएको बताए।